शिक्षकद्वारा बिद्यालय बन्द



डोटी, (नेस)
डोटीको सायल गाउपालिकाका शिक्षकहरुले तलब नपाएको भन्दै अनिश्चत कालिन बिद्यालय बन्द गरेका छन् ।

आफुहरुले ४ महिना सम्म पनि तलब नपाएको भन्दै शिक्षक महासंघ सायल गाउपालिकाको नेतृत्वको शिक्षक टोलीले पुरै गाउपालिका भरीमा रहेका ३१ वटा बिद्यालयमा अनिश्चित कालिन तालाबन्दि गरेको स्थानियबासी तेजबहादुर सिंहले बताउनु भयो । उहाँले भन्नु भयो ‘तलब पाएन भनेर शिक्षकले बिद्यालय बन्द गरे,बिद्यार्थीको भबिष्य अन्यौल भयो ।’

प्रतिक्रिया दिनुहोस्