क्यान्सरपीडितलाई ५८ हजार सहयोग



नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा एक ब्लडक्यान्सर पीडित युवकलाई विदेशबाट ५८ हजार सहयोग प्राप्त भएकोे छ । लमजुङको बेसीशहर नगरपालिका– १ उदिपुरका ब्लड क्यान्सर रोगबाट पीडित गौरव सिलवालको उपचारका लागि स्पेनमा रहेका प्रवासीहरूले सहयोग गरेका हुन् ।

ब्लड क्यान्सर रोगबाट पीडित सिलवालको उपचारका लागि स्पेनमा रहेको नेपाली समाज पाइस भास्कोमा आवद्ध रहेका नेपालीहरुले ५८ हजार २ सय ८३ रुपैयाँ पठाएको रकम पीडित किशोरकी आमा सुशीलालाई हस्तान्तरण गरिएको छ । बेसीशहर नगरपालिका– १ उदिपुरका १७ वर्षीय सिलवालको हाल काठमाडौ स्थित सिभिल अस्पतालमा उपचार भैरहेको छ ।

छोराको उपचारका लागि जुटाएको रकम सकिएपछि बेखर्ची अभिभावकले मिडियामार्फत आर्थिक सहयोगको अपिल गरेपछि प्रवासीहरुले रकम उठाएर पठाएका हुन् । उक्त रकम नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवीनराज कुइँकेलमार्फत विरामीका बुवा मिलनबाबु सिलवालाई हस्तान्तरण गरिएको छ ।

६ महिनासम्म अस्पतालमा राखेर उपचार गर्नु पर्ने भएपछि सिलवाल परिवारलाई खर्च धान्न धौ–धौ परेको उनकी आमा सुशीलाले बताउनु भयो । सुरुका दिनमा छोराको उपचारका लागि खर्च धान्न सकिएला भन्ने भए पनि उपचार गर्दै जाँदा सोचेभन्दा बढी खर्च लागेको हुँदा खर्च धान्न नसकेपछि सार्वजनिक रुपमा सहयोगको अपिल गरिएको आमा सुशीलाले बताउनु हुन्छ ।

सिग्मा कलेजमा १२ कक्षामा अध्ययनरत गौरवको यतिबेला सिभिल अस्पतालमा उपचार भैरहेको छ । उनको तीन चरणसम्मको केमोथेरापी सकिएको उनकी आमा सुशीलाले बताउनु भयो । उहाँका अनुसार छोराको उपचारमा आजसम्म झण्डै १२ लाख खर्च भैसकेको छ ।

हस्तान्तरण गरिएको ५८ हजार २ सय ८३ रुपैयाँ स्पेन भास्कोमा बस्ने ३१ जनाले सहयोग रकम संकलन गरेको जानकारीमा आएको छ । त्यहाँ रहनु भएका चोगबा शेर्पा, रमेश पण्डित, कृष्ण सिग्देल, ईन्द्रबहादुर गुरुङ, हिमालय रेष्टुरेण्ट, रघुनाथ विष्ट, तारादेवी पोख्रेल, प्रकाशबाबु त्रिपाठीले सहयोग गरेका हुन् । यसैगरी, साहिला अलिमान्तासियाने, गंगाराम सापकोटा, दयाराम भट्टराई, दीपेन्द्रप्रसाद आचार्य, ईश्वर बस्ताकोटी, सविन बस्नेत, रमिला चौलागाईँ, सुरेन्द्र पौडेल हुनुहुन्छ ।

अन्य सहयोगीहरूमा श्वैजन अधिकारी, निर्मला पौडेल, अर्विन्दकुमार यादव, गगन भण्डारी, विस्सु खड्का, तिलक गुरुङ, तिलक खड्का, रमेश तामाङ, हरि गरुु ङ, स्वागत सेढाइर्,ँ दामोदर निरौला, महनारायण चौधरी, पूर्णप्रसाद राई, कृष्ण परियार र ऋषि आचार्यको सहयोगमा उक्त रकम संकलन भएको हो ।

प्रतिक्रिया दिनुहोस्