वीरगन्ज महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाको नगर सभाले नगर कार्यपालिकाबाट विभिन्न विषयगत समिति मार्फत पेश भएका कार्यक्रमहरु र उप–प्रमुखबाट पेश भएको बजेट नीति तथा कार्यक्रम संशोधन सहित स्वीकृत गर्ने निर्णय गरेको छ ।

नगर सभा बैठकले एघार वटा विधेयक सहित ५५ वटा प्रस्ताव सर्वसम्मति पारित गरेको छ । न्यायिक समिति गठन गर्ने विषयमा सभा सदस्यहरु विच एकमत नभएको कारण बुधवार निर्वाचन मार्फत टुंगो लगाउने नगर प्रमुख विजय कुमार सरावगीले वताए । नगर सभाले विधेयक समितिबाट कार्यपालिका हुदै नगर सभामा स्वीकृतको लागि पेश भएको आर्थिक विधेयक २०७५, विनियोजन विधेयक २०७५, प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक २०७५, स्थानीय कृषि ब्यवसाय प्रवद्र्धन सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक २०७५, सहकारी सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक २०७५ र स्वास्थ सेवा सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक २०७५ संशोधन सहित स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यसैगरी न्यायिक कार्यविधि सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक २०७५, फोहरमैला ब्यवस्थापन सम्वन्धी ब्यवस्था गर्न वनेको विधेयक २०७५, एफएम रेडियो सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक २०७५, आर्थिक कर्यविधि नियमित तथा ब्यवस्थित गर्न बनेको विधेयक २०७५ र सार्वजनिक तथा निजी साझेदारी विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको वियेक २०७५ संशोधन सहित स्वीकृत गर्ने निर्णय गरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भूषालले जानकारी दिए ।

सभाले त्रिभुवन राजपथ अन्तरगत गण्डक देखि मितेरीपुल सम्म दाँया वाँया १५/१५ मिटर कायमगरी स्तरोन्नति गर्न र सोही अनुसार कानुन संशोधन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णयगरेको छ । गण्डक देखि रजतजयन्ती चोक सम्म छ लेन र गण्डक देखि रजत जयन्ती चोक सम्म इनर वाईपास संचालनमा आइसकेको अवस्थामा राजमार्गमा हुने लोड क्षमता भार कम भईसकेको छ ।

गण्डक देखि मितेरीपुल सम्मको मुख्य सडक स्थानीय सरकारलाई हस्तान्तरण गर्ने भनी नेपाल सरकारको यस अघिनै निणर्य भएकोले उक्त सडक १५÷१५ मिटर कायम गर्न नगरसभाले निणर्य गरेको नगर प्रमुख सरावगीले बताएका छन् ।