बालीको आकाश अझै खुलेन

0
Shares

डेनपासार ।
इन्डोनेसियाको प्रसिद्ध पर्यटकीय द्वीप बालीमा चार दिनअघि शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि आजसम्म पनि आकाश खुलेको छैन ।

उक्त ज्वालामुखीका कारण निस्किएको लाभाका कारण र धुवाँ र धुलोबाट वातावरण धमिएको छ । यसरी अकाश अझै खुल्न नसक्दा हजारौँ पर्यटक अलपत्र परेका छन् ।

बालीमा वर्षेनी लाखौँ पर्यटक पुग्ने गर्छन् । यहाँ वर्षेनी शक्तिशाली ज्वालामुखी पनि विस्फोट हुने गरेका समाचार आउने गर्दछन् ।

गएको शुक्रबार ज्वालामुखी विस्फोट भएपछि आकाशमा निकै बाक्लो तुवाँलो देखिएको छ । तुवाँलोका कारण बालीको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा उडानहरु नियमित हुन सकिरहेका छैन ।

दिनमा कैयाँै उडान रद्द गरिएको छ । विमानस्थल बन्द हुँदा पर्यटकहरु अलपत्र परेका बताइएको छ । बालीमा ज्वालामुखी विस्फोटको समाचारका कारण उनीहरु पनि त्रासमा रहेका बताइन्छ ।

आकाश पूर्ण रुपमा नखुल्दासम्म उडान सुचारु गर्न नसकिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुले सफल उडानका लागि ‘भिजिबिलीटी’ कम रहेको बताइरहेका छन् ।
रासस