६ जनाको मृत्यू सहित एक वेपत्ता

0
Shares

काठमाडौं ।
काठमाडौं
तारकेश्वर नगरपालिका(६ धर्मस्थली बस्ने काभ्रेका २६ वर्षीय प्रकाश पुर्कोटी सोमबार धर्मस्थली खोला तर्ने क्रममा खोलाले बगाएकोले उद्धार गरी उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लगेकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

बाँके
डुडुवा गाउँपालिका २ जाफरपुरूवा बस्ने रामनारायण यादबको ४ वर्षीया छोरी रिमादेवी यादवको सोमबार घर नजिकैको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ ।

सिराहा
बिष्णुपुर गाउँपालिका(१ खोरीया टोल बस्ने जिनिस यादवको साढे २ वर्षीय छोरा आशिष यादवको सोमबार घरबाट करीव २ सय मिटर टाढा खेतको खाल्डोको पानीमा डुवेर मृत्यु भएको छ ।

तनहुँ
शुक्लागण्डकी नगरपालिका(११ गोल्मे बस्ने ५० वर्षीय निलबहादुर गुरुङ सोमबार साँखे खोला तर्ने क्रममा खोलाले बगाएकोमा स्थानीय बासिन्दाहरुले उद्धार गरी उपचारको लागि फुलबारी अस्पताल साँखेमा लगेकोमा मृत्यु भएको छ ।
यसैगरी तनहुँ भिमाद नगरपालिका ८ सिम्ले बस्ने ५५ वर्षीय यामबहादुर कुमाल सोमबार सेती नदीले बगाई बेपत्ता भएका छन् ।

सर्लाही
हरिवन नगरपालिका ३ मोहनपुर बस्ने ४२ वर्षीय धनबहादुर लोप्चनको सोमबार लखनदेही खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको छ ।
यसैगरी सर्लाही हरिवन नगरपालिका ९ बस्ने ७० वर्षीय टेकबहादुर बिक सोमबार हरिवन खोलाले बगाएर बेपत्ता भएका छन् ।

सिन्धुली
कमलामाई नगरपालिका(२ बस्ने ५५ वर्षीय ठुलो पुर्णबहादुर घलानको मंगलबार खेतबाट घर फर्कने क्रममा धनमना खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको छ ।