सवारी दुर्घटनामा मृत्यु

0
Shares

काठमाडौं ।
सुनसरी
कोशी गाउँपालिका(४ कटानस्थित राजमार्गमा बिआर ०६ पिबी ६४१८ नम्वरको बलेरो जिप सोमबार राति अनियन्त्रित भई सडकबाट कोशी नदीले कटान गरेर पानी जमेको खाल्डोमा खस्न गई डुब्दा जिपमा सवार ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा हाल नाम, थर, नखुलेका ३ जना भारतीय नागरिकको घटनास्थलमै र भारत सुपौल लक्ष्मीनिया बस्ने ४० वर्षीय संजीब कुमार, ७ वर्षीय गोनु कुमार र ४० वर्षीया नाम खुल्न नसकेकी महिलाको संजिबनी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी
गैंडाकोट नगरपालिका(११ हर्कपुर र भेडाबारीकोस्थित सडकमा ना।६ ख ५४०५ नम्बरको ट्रक र युपी ५३ बि ६२०२ नम्वरको स्कारपियो जिप सोमबार राति एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा जिप चालक भारत उत्तर प्रदेशका ३६ वर्षीय रुपेश गौडे समेत ११ जना घाइते भएकोले उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएकोमा उपचारको क्रममा रुपेश गौडेको मृत्यु भएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । फरार ट्रक चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

झापा
गौरादह नगरपालिका(१ स्थित भित्री सडकमा ना।३ ख ८४७४ नम्बरको टिपरले मे।४ प १४४७ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिँदा टिपर पल्टेर च्यापिँदा मोटरसाइकलमा सवार मेचीनगर नगरपालिका(८ बाहुनडाँगी बस्ने २१ वर्षीय नेल्सन भण्डारी र गौरादह नगरपालिका(१ बस्ने २२ वर्षीय विवेक दरालको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका(८ बाहुनडाँगी बस्ने २२ वर्षीय प्रवेश भण्डारी सामान्य घाइते भएकोले उपचारको लागि ममता मेडिकल गौरादहमा पठाइएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहा
गोलवजार नगरपालिका(५ असनपुरस्थित भित्री सडकमा स।१ त ५३२३ नम्बरको ट्याक्टर सोमबार दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १९ वर्षीय काशिन्द्र यादव घाइते भएकोले उपचारको लागि लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

सल्यान
कपुरकोट गाउँपालिका(३ चोरखोलास्थित मोडमा ना।५ ख ७६४५ नम्बरको मिनीट्रक सोमबार बाटोबाट करीव १ सय मिटर तल खसेर दुर्घटना हुँदा बागचौर नगरपालिका(९ कोटमौला बस्ने ३५ वर्षीय गोरख डाँगीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा मिनिट्रक चालक दाङ घोराही उपमहानगरपालिका(१० नारायणपुर बस्ने ४० वर्षीय गोबिन्द चौधरी समेत गम्भीर घाइते भएकोले उपचारको लागि अंचल अस्पताल तुल्सीपुर पठाइएको छ ।