समालोचक प्रसार्इंको स्मृति ग्रन्थको लोकार्पित

0
Shares

काँकडभिट्टा ।
वरिष्ठ समाचोलक गणेशबहादुर प्रसार्इंको स्मृति ग्रन्थ आज झापा, धुलाबारीमा लोकार्पण गरिएको छ ।

प्रा गोविन्दराज भट्टराई सम्पादक रहेको उक्त ग्रन्थ एक हजार २०० पृष्ठको छ जुन तीन वर्ष लगाएर प्रकाशन गरिएको हो । प्रसाईंका केही लेखरचना र उहाँसँग सम्बन्धित विभिन्न लेखकद्वारा लेखिएका सामग्री ग्रन्थमा समाविष्ट छन् ।

गणेशबहादुर प्रसाईं स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रा डा भट्टराईले कृति नेपाललगायत भारतका आठ विश्वविद्यालयमा पठाउने तयारी भएको बताउनुभयो । ग्रन्थको विमोचन नेपाली साहित्य परिषद् सिक्किमका डा रुद्र पौडेलले तथा समीक्षा डा बीण हाङ्खिम र डा टंक न्यौपानेले गर्नुभएको थियो ।
रासस