बैदेशिक रोजगारीमा गएकाको पिडा समेटिएको दशा नामक तीज गीत सार्वजनिक

0
Shares

धनवीर दाहाल, रुकुम ।
बैदेशिक रोजगारीमा गएकाहरुको पिडा समेटिएको यसवर्षको पहिलो तीज गीत सार्वजनिक भएको छ । गायक तथा संगीतकार जय देवकोटाको मार्मिक तीज गीत ‘दशा’ सार्वजनिक भएको हो ।

नेपाली अर्थतन्त्र रेमिटयान्सले धाने पनि वैदेशिक रोजगारीमा जानेको पीडा कहाली लाग्दो छ । पछिल्ला दिनमा वैदेशिक रोजगारीमा बिचल्ली परेका र ज्यान गुमाएकाहरुको कथा गीत, संगीतमा व्यक्त हुन थालेका छन् । गायत्री थापाको शब्दमा शान्तिश्री परियार र जय देवकोटाको स्वरमा तीज गीत सार्वजनिक भएको हो ।

गीतमा गायत्री सहित जया, भरत साह, रमा थपलिया, सुरवीर पण्डित, आदर्श बानियाँ, निया थापा लगायतको अभिनय छ । म्युजिक भिडियोको निर्देशन मदन खड्काले गरेका छन् ।
बोलमाया गित आएपछि चर्चाको शिखरमा रहेकी गायिका शान्तिश्री र लोकगीतमा छुट्टै पहिचान बनाउन सफल गायक देवकोटाको यस गीतलाई दर्शक श्र्रोताले निकै मन पराउने देखिन्छ ।