राजधानीमा चोरी बढ्यो


काठमाडौ (नेस) । चन्द्रागिरी नगरपालिका–४ त्रिभुवन पार्क स्थित जुआरासिंह शाहीको घरबाट शनिबार अमेरिकन डलर १ हजार ,नेपाली नगद १ लाख र सुनका बिभिन्न गरगहना गरी करीब २ लाख ९६ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

यसैगरी काठमाडौं कागेश्वारी नगरपालिका–८ गोठाटार चोक स्थित शान्तमान श्रेष्ठको घरमा डेरागरी बस्ने २८ वर्षीय श्याम बहादुर कार्कीले संचालन गरेको नमस्ते मोवाईल सेन्टरबाट आइतबार नगद २ लाख ५० हजार, बा ६८ प २४२९ नम्बरको मोटरसाइकल, बिभिन्न कम्पनीका मोवाईलहरु ४० थान र पावर बैंक २५ थान गरी अन्दाजी ८ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।