भूकम्प पीडित कार्कीको मिर्गौला बिग्रेपछि


काठमाडौँ, भूकम्प पीडित रमिता कार्कीका दुई मिर्गौलाले काम गर्न छाडेपछि परिवारमा दुःख निम्तिएको छ ।

दोलखा, भीमेश्वर नगरपालिका–८ जिलु निवासी कार्कीले मिर्गौला बिग्रेपछि सात महिनादेखि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार गराइरहनुभएको ।

यहाँ आज आयोजित संवाद डबलीमा उहाँका छोरा रविले आमालाई सञ्चो नभएपछि उपचारार्थ अस्पताल ल्याउँदा चिकित्सकले उहाँका दुवै मिर्गौला बिग्रेको जानकारी दिएको बताउनुभयो ।

गोरखा भूकम्पबाट घर क्षतिग्रस्त भएपछि दुःख व्यहोर्दै आएको उनको परिवारमा दुवै मिर्गौला बिग्रिएपछि उपचारका लागि सापट लिएको ऋण पनि सकिएपछि झन् समस्या थपिएको छ । आमालाई सहयोग गरी बचाइदिन सम्बन्धित निकायसँग उहाँले याचना गर्नुभयो । यसअघि बालकृष्ण र रमिता दम्पतीले मजदुरी गरी घरखर्च चलाउनका साथै छोराछोरीलाई पढाउँदै आएको थियो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।