मुगुका ग्रामीण भेगमा रोपाइँको रौनक



वीरबहादुर बम, मुगु
देशभर खडेरी परि रोपाई नभई रहेको अबस्थामा मुगुका ग्रामिण भेगमा भने रोपाईको रैनकताले भने छाएको छ ।

मुगुका ४ वटा स्थानिय तह मध्य सिचाईको प्रयाप्त सुबिधाका काराण मुगुका सोरु गाउापालिका र खत्याड गाउँपालिका र छायँनाथ रारा नगरपालिकामा भने रोपाईले मानिसहरु फूसदिला भने छैनन् । अषढको चर्को घाममा आकासबाट पानि नपरेपनि खोलार, कर्णाली नदिको पानिले रोपाईमा रोपाहाँरहरु ब्यस्त बनेका छन् ।

गत बर्ष पनि लामो खडेरी परेपनि जिल्ला भर ६५ प्रतिशत खेति योग्य जमिनमा रोपाई भएको थियो यो बर्ष पनि लामो खडेरी पर्ने देखिन्छ जसले गर्दा गत सालमा सिचाईकै भरमा धान रोपिएकको ज्युलोमा खेति हुने देखिन्छ जिल्ला कृषि कार्यालयका कृषि प्राबिधिक दिपक न्यूपाने बताउँ छन् ।

कर्णाली नदीको पानि र ग्रामिण भेगका खोल्साहरुबाट कूलोद्धारा सिचाई गरी अषाढको पहिलो हप्तामै धान रोप्न शुरु गरिको छ अषाढमा रोपेको धानमा दाना राम्रो लाग्ने र धान पनि राम्रो फल्ने हुनाले हामीले अषाढको पहिलो हप्ताबाट शुरु भई अन्तिम हप्तामा धान रोप्न सकिने कुरा सोरु गाउँपालिका वडा नं. ८ गिलाहाँका रोपाहार जौला बम बताउँ छन् ।

सिंचाई राम्रो हुने भएपछि आकासको पानीको भरमा नपरि मुगुका गिलाहाँ, कच्चे, रुम, फोतु, निगाले, सुम्लि, सुकाडिक, गम्था, बुगा, धैनकाट, सिप लगाएत ३ दर्जन भन्दा बढि बस्तिमा रोपाई सरगर्मि बढको छ त केही बस्तिमा आकासे पानीको भरममा रोपाई हुँदा बिउँकोब्याड राखेर आकासको बर्षाको प्रतिक्षामा बसेका छन् ।

गाउँमा रोपाई भए सगै घरका सबै परिवार देखि गोरु सम्मैले रोपाई खटने भएपछि स्कूले बालबालिका समेत रोपाईमा गई पठन पाठन समेत प्रभावित हुने गरेको छ । समयमै रोपाई हुने ती बस्तिमा सिचाईको राम्रो प्रबन्ध धान ,गहँु ,जै र तोरी राम्रो हुँदा भोकमरी समेत हटदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्