ईश्वरराज ढकाल, काठमाडौं । काठमाडौं परीक्षा नियन्त्रण कार्यालय(पनिका) ले शनिबार सार्वजनिक गरेको एसईई परीक्षाको नतिजामा गम्भीर त्रुटी फेला परेको छ ।
तोकिएको समयभन्दा झण्डै ३ घण्टा ढिलो सार्वजनिक नतिजामा गम्भीर त्रुटी देखिएको हो । तर अधिकांस विद्यार्थीको मार्कसिटमा त्रुटी देखिएको छ । एउटै विद्यार्थीको जिपीए फरक फरक पाइएपछि पनिकाले आफ्नो गल्ती स्विकारेको छ । परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले प्राविधिक कारणले त्रुटी भएको स्विकार्नुभयो । उहाले शनिबार इन्ट्रि गर्दा त्रुटी भए पनि आइतबार सच्याइएको स्पष्ट पर्नुभयो ।
शनिबार सार्वजनिक नतिजामा गल्ती फेला परेपछि आइतबार पुनः डाटा इन्ट्री गरिएको थियो । फरक डाटा देखिएपछि आइतबार दिनभर विद्यालयहरूमा विद्यार्थीको घुइचो लागेको थियो । विद्यालयका प्रिन्सिपलहरुले पनिकामा सोधखोज गरेका थिए । इमाडोलस्थित पवन प्रकृति स्कुलका प्रिन्सिपल उत्तरकुमार राईले पनिकाको गलत डाटा इन्ट्रिले समस्या परेको बताउनुभयो ।
परीक्षा नियन्त्रक रेग्मीले नयाँ प्राविधिकका कारण समस्या भएको बताउदै आइतबार गरेको इन्ट्री सही भएको बताउनुभयो । पनिकाले हालसम्म भएको त्रुटीको एकीन जानकारी दिनसकेको छैन ।
परीक्षाफल प्रकाशित हँदा आएको जिपिए नम्बर फरक देखिएपछि विद्यार्थीलाइ समस्या परेको छ । स्याङजाको पिसजोन स्कुलबाट ३ ं५० जिपिए प्राप्त गरेकी छात्रा सुष्मिता श्रेष्ठले आइतबार पुन नतिजा हेर्दा ३.५५ जिपिए ल्याएकी थिइन । यस्तै परीक्षाफल प्रकाशित भए लगत्तै नतिजा हेरेका रविन वानियाले ३.३५ जिपिए प्राप्त गरेका थिए । ललितपुर इमाडोलका कृपा पौडेलको नतिजा पनि त्यस्तै देखियो । शनिबार ३.८५ जिपिए आएको थियो, आइतबार ३.९० थियो ।
यसवर्ष एसईईमा करिब २५ जना विद्यार्थीले परीक्षार्थीले ४ जिपिए ल्याएका छन् । गएको वर्षको परीक्षामा करिब २ जनाले मात्रै ४ जिपिए ल्याएका थिए । विगतको तुलनामा विद्यार्थीको पढ्ने क्षमता वृद्धी भएकोले ४ जिपिए ल्याउने विद्यार्थीको संख्या बढेको हो ।
देशभरका विद्यालयले आफ्नो विद्यालयका विद्यार्थीले ४ जिपिए ल्याएर नेपाल प्रथम भएको दाबी गर्दै आएका छन् । राजधानीका करिब आधा दर्जन भन्दा बढी विद्यालका विद्यार्थीले ४ जिपिए ल्याएका छन् । विराटनगरका एभरेष्ट माविका कृतिका थापा, नेशनल मोडल साइन्स द न्याम्स की आरध्या ज्ञवाली, ब्राइट फ्युचरकी अपेक्षा केसी, जेम्स स्कुलका शुभमजंग कार्की लगायतका विद्यार्थीले जिपिए ४ ल्याएका छन् ।
अधिकांस विद्यालयले उत्कृष्ठ विद्यार्थीलाई नेपाल फष्ट भन्दै प्रचार गरेका छन् । विगतको तुलनामा यो वर्ष बढी विद्यार्थी सर्वोत्कृष्ठ भएका कारण ठुला निजी उमाविले विद्यार्थी तान्ने होड घटेको हो । नत्र अधिकांस नाम चलेका उमाविले ती विद्यार्थीलाई आफ्नो उमाविमा तान्न भरमजदुर प्रयास गर्ने गरेका थिए ।
अभिभावलाई केही रकम दिने, विद्यार्थीलाई दुई वर्षसम्म निशुल्क छात्रावास सहित पठन पाठन गर्ने व्यवस्था गर्ने गरेका थिए । नाम चलेका उमाविले त विद्यार्थीलाई घरमै लिन जाने गरेका थिए । यो वर्ष कसलाई ल्याउने भन्ने विषयमा उमाविहरु दोधारमा परेका छन् ।
उता एसइई परीक्षाको परीक्षाफल सन्तोषजनक नभएको प्रतिक्रिया आउन थालेको छ । शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले विद्यार्थीले अंकमा नम्बर पाउने गरेका थिए ,अहिले अक्षरमा पाएका छन, फरक त्यतिमात्रै भएको हो । अक्षराङ प्रणालीले झन समस्या बढेको बताउदै उहाले भन्नुभयो–अहिले डिको संख्या बढेको छ, त्यो भनेको विद्यार्थीको परीक्षाको अवस्था झन खस्केको हो ।’
उहाले डि र इ परीक्षाले विद्यार्थीलाई गरिखान बनाउन सरकारले नया विकल्प सोच्नुपर्ने बताउनुभयो । व्यावसायीक शिक्षाको विस्तार गर्न सरकारले बजेट व्यवस्था गरे पनि त्यसबाट खासै प्रगति हुन नसकेको धारणा राख्दै उहाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने सुझाव दिनुभयो । कोइरालाले भन्नुभयो–सरकारले कम ग्रेड ल्याउनेलाई प्राविधिक शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको थियो । तर त्यसलाई कार्यान्वयन गर्न सकेको छैन ।’
शिक्षक महासंघ, शिक्षक संघ संगठन गम्भीर नभए एसइइको अवस्था झन दयनीय हुदै जाने टिप्पणी गर्दै उहाँ थप्नुभयो–स्थानीय तहलाई पुर्ण अधिकार दिएर परीक्षामा सुधार गर्नु जरुरी छ ।
अर्का शिक्षाविद प्राडा मनप्रसाद वाग्लेले भन्नुभयो–समुदाय र पुरै विद्यालय प्रणालीलाई नपढे पनि वा नपढाए पनि १.६ जिपिए आइहाल्छ र कक्षा ११ पढ्न पाइन्छ भन्ने भावना विकास गरिदिएकाले हरेक वर्ष एसईई को नतिजाको गुणस्तर कमजोर बन्दै गैरहेको छ ।’ उहाले लेटर ग्रेडिंगमा सुधार नगरी यसैगरी छोड्ने हो भने अवको केही वर्षमा एसईई पास गर्ने आधा विद्यार्थीले आफ्नो नाम पनि शुद्ध लेख्न नसक्ने अवस्था नआउला भन्न सकिन्न ।
बाग्लेका अनुसार करिव १३ प्रतिशत विद्यार्थी मात्रै ३.२५ भन्दा जिपिए भन्दा माथि छन् । करिव २८ प्रतिशत विद्यार्थीले मात्रै २.४५ देखि ३.२ सम्म नतिजा ल्याएका छन् । करिब ३७ प्रतिशत विद्यार्थी सरदर १.६५ देखि २.४ जिपिए रहेका छन् । यस्तो अवस्थाको मुल्याङकन गर्दा अझै झन्डै १ लाख विद्यार्थी दयनीय नतिजामा देखिएका छन् । ‘यसको जिपिए ०.८५ देखि १.६ भित्रै परेको छ अर्थात् यी मध्ये अधिकांश विद्यार्थी कक्षा ११ पढ्न बाट बन्चित हुनेछन्–उहाले भन्नुभयो ।
कसले के पढ्न पाउने ?
काठमाडौ,(नेस) । शनिबार प्रकाशित नतिजा अनुसार कुन विद्यार्थीले कुन संकाय लिएर पढने भन्ने विषयमा ग्रेड निर्धारण गरिएको छ । १ दशमलव ६ सम्म जीपीए ल्याएका विद्यार्थीले विज्ञान संकायमा पढ्न पाउदैनन । यसका लागि अरु पनि प्रावधान पूरा गर्नुपर्छ । विज्ञान संकायमा ११ कक्षामा भर्ना हुन चाहने विद्यार्थीले २ जीपीए ल्याउनै पर्छ । त्यसको अलावा विज्ञान र अनिवार्य गणितमा सी प्लस तथा सामाजिक, अंग्रेजी र नेपालीमा डी प्लस आएकै हुनुपर्छ ।
१ दशमलव ६ जीपीए आएकाले व्यवस्थापन संकायमा ११ कक्षा भर्ना हुन पाउने भए पनि त्यसका लागि अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा डी प्लस ल्याउनुपर्छ । मानविकी संकाय पढ्न कम्तिमा १ दशमलव ६ जीपीए ल्याउनुपर्छ । सो संकाय पढ्न अनिवार्य विषय अंग्रेजी, नेपाली, र सामाजिकमा डी प्लस ल्याउनुपर्छ ।
अंग्रेजी, नेपाली समाजशास्त्र, आमसञ्चार तथा पत्रकारिता, ग्रामीण विकास विषय पढ्न १ दशमलव ६ जीपीएका साथमा नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस ग्रेड ल्याउनैपर्छ । विज्ञान र गणितमा भने ई ग्रेड ल्याएपनि फरक पर्दैन ।
शिक्षाशास्त्र संकायका लागि १ दशमलव ६ जीपीए अंग्रेजी नेपाली र सामाजिक विषयमा कम्तिमा डी प्लस आवश्यक छ । शिक्षा शास्त्रको विज्ञान विषय पढ्न भने विज्ञान र गणितमा पनि डी प्लस अनिवार्य छ । यस्तै शून्य दशमलव ८५ देखि १ दशमलव ६ सम्म जीपीए प्राप्त गरेका विद्यार्थीले कुनै पनि विषयमा ११ कक्षामा भर्ना हुन नपाउने व्यवस्था गरेको छ ।











प्रतिक्रिया