काँग्रेस महासमिति बैठकमा केन्द्रित हुँदै

0
Shares

काठमाडौं, (नेस)
हालै जिल्ला सभापतिहरुको राष्ट्रिय भेला सम्पन्न गरेको नेपाली काग्रेस अब विधान संशोधन समिति निर्माण र महासमिति बैठकको तयारीमा जुटेको छ ।

गत चैत्र ९ गते देखि १६ गते सम्म बसेको केन्द्रिय समिति बैठकले आउदो भदौ सम्म महासमिति बैठक आव्हान गर्ने निर्णय गरेको थियो । स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनर्संरचना मुताविक पार्टीको पुनर्संरचना गर्न विधानमा समयानुकल संशोधन तथा परिमार्जन गर्न महासमिति बैठक आव्हानको तयारी गरिएको हो ।

केन्द्रिय बैठकले आगामी भदौसम्म महासमिति बैठक बस्ने निर्णय गरे पनि मिति तय भएको छैन । हेटौडामा सम्पन्न भेलाले महासमितिको स्थान र मिति अबिलब्ब तोक्न केन्द्रिय कार्यसमितिलाई आग्रह गरेको थियो । पार्टी विधान संशोधन तथा परिमार्जनको लागि काग्रेसले क्षेत्र, जिल्ला, प्रदेश तथा सामुहिक रुपमा पनि सुझावहरु संकलन गरिरहेको छ ।

स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनर्संरचना मुताविक पार्टीको पुनर्संरचना गर्न विधानमा समयानुकल परिमार्जनका लागि विधान संशोधन समिति वनाउने भनि केन्द्रिय कार्यसमितिको तीन महिना अघि बसेको बैठकको निर्णय कार्यान्वयन गर्नेबारे शीर्ष नेतावीच छलफल भैरहेको बताइएको छ । काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार विधान संशोधन समिति गठन र महासमिति बैठकको तयारीका विषयमा पार्टीभित्र छलफल भैरहेको छ ।