१२ मिनेटमै सेनेगलको अग्रता


काठमाडौं ।
रसियामा जारी विश्वकपको समूह एच तर्फको खेलमा सेनेगलले अग्रता लिएको छ । खेलको १२ औँ मिनेटमा जापानका गोलकिपरले पञ्च गरेर पठाएको बल सेनेगलका साडियो मानेको खुट्टामा ठोकेर गोल भएको हो । यससँगै सेनेगल जापान विरुद्ध १–० गोलले अघि छ । सेनेगलले पहिलो खेलमा पोल्याण्डलाई २–१ ले पराजित गरेको थियो । भने जापानले कोलम्बियालाई २–१ ले हराएको थियो ।