काठमाडौं । आइपिएल क्रिकेटमा सट्टेबाजीको नाममा रकम लिई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका(४ पानीपोखरी बस्ने धनुषा जनकपुर नगरपालिका–३ का ४८ बर्षीय अमृत भन्ने नथमल अग्रवाल (नागराज) लाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका(७ सिफल बस्ने महोत्तरी मनरासिसुवा नगरपालिका(२ का ३९ वर्षीय राकेश सिंह लगायतका व्यक्तिहरुबाट अग्रवालले भारतमा चलेको आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेव्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनी ललाई फकाई प्रलोभन देखाई बिश्वासमा पारी जम्मा २ करोड ४० लाख रुपैयाँ ठगी गरी सम्पर्क बिहिन भएको उजुरीको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको विशेष टोलीले काठमाडौं महानगरपालिका(४ पानीपोखरीबाट उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया