डुटेर्टेको चुम्बन विवादमा

0
Shares

मनिला, (एजेन्सी)
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले प्रत्यक्ष प्रसारित एक कार्यक्रममा फिलिपिन्स मूलकी महिलालाई चुम्बन गरेको घटनाले विवादमा फसेका छन्।

डुटेर्टे दक्षिण कोरियाको एक जनसमूहलाई सम्बोधन गरिरहेका थिए। त्यही बेला उनले मञ्चमा एक महिलालाई बोलाएर चुम्बनका लागि मनाएका थिए। यो दृश्यले त्यहाँको भीडको ध्यान आकर्षित गरेको थियो। उपस्थित हुनेहरूमा धेरैजसो फिलिपिन्स मूलका कामदार थिए।

फिलिपिन्सका ग्याब्रियला समूहले राष्ट्रपति डुटेर्टेको उक्त कार्यका लागि आलोचना गरेको छ। समूहले यसलाई घृणित भएको र राष्ट्रपति डुटेर्टे महिलाविरोधी भएको जनाएको छ। डुटेर्टेसँग चुम्बन गर्ने महिलाले भने उक्त चुम्बनमा दुर्भावनाको कुनै गन्ध नभएको बताएकी थिइन्।

डुटेर्टेमाथि महिलालाई अनुचित व्यवहार गरेको आरोप यो पहिलो घटना भने होइन। दक्षिण कोरियाको राजधानी सोलमा डुटेर्टे फिलिपिन्स मूलका कामदारलाई सम्बोधन गरिरहेका बेला उक्त घटना भएको हो।

फिलिपिन्सकी दुई महिलालाई राष्ट्रपति आसीन मञ्चमा किताबको निःशुल्क प्रति दिनका लागि बोलाएका थिए। राष्ट्रपति डुटेर्टे नजिकै उभिएका थिए। उनले पहिला एक महिलासँग अंकमाल गरे र गालामा चुम्बन गरे। त्यसपछि अर्को महिलासँग ओठको चुम्बन लिएका थिए।

महिला अधिकारवादी समूहले पनि यस घटनाको निन्दा गरेको छ। सोमबार जारी एक विज्ञप्तमा भनिएको छ– ‘यो पटक–पटक दोहोरिरहेको व्यवहार मनोरञ्जनात्मक त छ। तर यो उनको घट्दो लोकप्रियाताको तथ्य लुकाउनका लागि पनि हो। यसका कारण उनको कार्यकालमा भएका गैरकानुनी हत्या, विवादित कर सुधार र भ्रष्टाचारसँग सम्बन्धित काण्डहरू हुन्।

फिलिपिन्स मूलका विदेशी मजदुरका बीचमा डुटेर्टे लोकप्रिय छन्। उनीहरू डुटेर्टेले फिलिपिन्सलाई राम्रो छवी दिएको सोच्छन्।