मसँग आफैंलाई क्षमादान दिने पूर्ण अधिकार छ : ट्रम्प

0
Shares

वासिङ्टन, (एजेन्सी)
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनावमा रुसको कथित हस्तक्षेप र त्योसँग जोडिएका अन्य मामिलाको जाँचलाई लिएर ऊसँग आफैंलाई क्षमादान दिने पूर्ण अधिकार रहेको बताएका छन्। यद्यपी ट्रम्पले आफूले कुनै गल्ती नगरेकोमा पनि जोड दिएका छन्। अमेरिकी राष्ट्रपतिले गत जनवरीमा उनका वकिलले जाँचको नेतृत्व गरिरहेका स्पेसल काउन्सललाई दिएको ज्ञापनपत्रमा उल्लेख गरेको कुरालाई दोहो¥याएका थिए।

आफ्नो ट्विटमा ट्रम्पले पुनः एकपटक जाँच प्रक्रियालाई निसाना बनाएको छ। उक्त जाँच प्रक्रियाले राष्ट्रपति चुनाव अधियानका क्रममा ट्रम्पले रुससँग साँठगाँठ वा न्यायमा बाधा पु¥याउने प्रयास गरेका थिए वा थिएनन् भन्ने निक्र्यौल गर्ने प्रयास गरिरहेको छ। संविधान विशेषज्ञहरू राष्ट्रपति आफैंलाई क्षमा गर्ने अधिकार राख्छन् वा राख्दैनन् भन्ने विषयमा विभाजित छन्। ट्रम्पले ट्विटमा भनेका छन्– ‘कयौं कानुनका जानकारले भनेका छन्, मलाई आफूलाई क्षमा दिने पूर्ण अधिकार छ। तर, म यस्तो किन गर्छु, जबकि मैले केही गलत गरैकै छैन। यसैमा मसँग अत्यन्त असन्तुष्ट र आफूमै मतभेद राख्ने १३ डेमोक्र्याट्सको नेतृत्वले मरोविरुद्ध कहिल्यै अन्त्य नहुने अभियान जारी राखेका छन्।’

एक अर्को ट्विटमा उनले लेखेका छन्– ‘स्पेसल काउन्सलको नियुक्ति पूर्णरूपमा असंवैधानिक छ। यसको बाबजुद हामी नियमको पालना गरिरहेका छौं। किनभने मैले केही पनि गल्ती गरेको छैन।’

ट्रम्पले उल्लेख गरेको १३ डेमोक्र्याट्स स्पेसल काउन्सल रोबर्ट मुलरको टोलीमा संलग्न १७ जाँचकर्ता मध्येका हुन्। तर, अमेरिकी राष्ट्रपतिको संकेत कसको तर्फ हो भन्न स्पष्ट छैन। अमेरिकी सञ्चारमाध्यमले समाचारमा मुलरको टोलीमा सहभागी केही जाँचकर्ता पहिला डेमोक्र्याट्सका रूपमा पञ्जीकरण गरेका थिए र तीमध्ये ९ जनाले डेमोक्र्याटिक पार्टीलाई वित्तीय अनुदान पनि दिएको उल्लेख गरेका थिए।

ट्रम्पका वकिल रुडी गुलियानीले एबीसीको ‘दिस विक’ कार्यक्रममा ‘ट्रम्पको आफैंलाई क्षमा गर्ने कुनै अभिप्राय छैन’ भनेका थिए। उनले यो पनि भने– सम्भवतः उनीसँग त्यस्तो गर्ने शक्ति छ।’ उनले ट्रम्पले आफैंलाई क्षमादान दिने विषयमा सोच्न पनि नसक्ने र यसले तत्काल महाभियोग शुरू हुन सक्ने बताए। ट्रम्पले केही पनि गल्ती नगरेकाले यस्तो गर्न आवश्यक नै नभएको पनि गुलियानीले बताए।