वर्षायाम सुरु नहुँदै सिद्धार्थ राजमार्गमा समस्याः स्थानीयको प्रश्न, कहिले सुध्रला सडकको अवस्था ?



कविराज नेपाल, पाल्पा ।

गएको सुक्रवार पाल्पाको हुमिनमा सडक दुर्घटना भयो । १४ जनाले ज्यान गुमाए, ९ घाइते भए तर मृतक र घाइते मध्ये धेरैका आफन्त छिमेकी जिल्ला रुपन्देहीमा वसोवास गर्थे समयमा उनीहरु लाश र घाइते भेटन पाएनन । कारण थियो – सिद्धार्थ राजमार्ग अवरुद्ध । किनकी त्यही दिन वुटवल नजिकै सिद्धवावा छेउमा माथिबाट गएको पहिरोका कारण सडकमा ठूलाठुला ढुङ्गा र माटो थुप्रिएको थियो ।

अर्काे दिन सडक कार्यालयले सूचना जारी गरी विहान १० देखि ४ वजेसम्म सडक मर्मत गर्ने भन्दै सडक अवरुद्ध वनायो । यस्ता समस्या अव धेरै देखिने छन अनि सडक यस क्षेत्र भएर यात्रा गर्नेहरुले पाउने सास्ती निकै वेर्होनुपर्ने छ किनकी वर्षायाम सुरु हुन लागिसकेको छ र वर्षाैं देखिको समस्या फेरी दोहोरिने छ । यात्रुहरु अव यात्रा गर्नु अघि सोध्नेछन वाटो वन्द छ कि चलेको छ ?

सडकको स्तर उन्नतीका लागि नेपाल सरकारले बर्षेनी करोडौ रुपैया खर्चिदै आए पनि अग्ला चट्टाने पहाडको काखबाट २०२७ सालमा निर्माण गरिएको यस सडकमा माथिबाट खस्ने ठूला ठूला चट्टान सहितको पहिरोको कारण सरकारको लगानीले अहिले सम्म सार्थकता पाउन सकेको छैन् ।

पाल्पा र छिमेकी जिल्लाहरु गुल्मी, स्याङजा, पर्वत, कास्की, अर्घाखाँची, म्याग्दी ,वाग्लुङ सम्मका जनतालाई उत्तर दक्षिण जोड्ने सडक सडक सिद्धार्थ राजमार्ग हो । तर बर्षायाम सुरु संगै यस सडक खण्डमा यात्रा गर्ने र सवारीका साधन चलाउने सवारी चालक दुवैले अत्यन्त जोखिमपूर्ण तवरले यात्रागर्नु पर्ने हुन्छ ।

यस सडकखण्डमा पर्ने तानसेन बुटवल सडक अन्तरगर्त खास गरी दोभान देखि सिद्धबाबा मन्दिर सम्म माथिबाट झर्ने ठूला ठूला चट्टान र पहिरोका कारणले यात्रु र चालकले जोखिमपूर्ण तरिकाले बर्षौ देखि यात्रा गर्दै आएका छन् ।

सडकको स्तर उन्नतीका लागि नेपाल सरकारले बर्षेनी करोडौ रुपैया खर्चिदै आए पनि अग्ला चट्टाने पहाडको काखबाट २०२७ सालमा निर्माण गरिएको यस सडकमा माथिबाट खस्ने ठूला ठूला चट्टान सहितको पहिरोको कारण सरकारको लगानीले अहिले सम्म सार्थकता पाउन सकेको छैन् ।

बुयस सडकमा दैनिक सयौको सख्यामा सवारी गुड्ने गरेका छन् । तर सडकको अवस्था हेर्दा कहाँ विच परिने हो भन्ने समस्याले चालकले जोखिम मोलेर सवारी चलाउनु परेको सवारी चालकहरुको भनाइ छ । चालक भिमवहादुर थापा भन्छन–‘यस सडक खण्ड पार गरेपछि आज त बाँचियो फेरी अर्काेपटक के होला भन्ने त्रास भइ रहन्छ।

विगत चार दशक अर्थात २०२८ साल देखि हल्का सवारी साधन गुड्न लक्षित गरी बनाइएको यस सिद्धाथ राजमार्ग सडक खण्डको १७०० मिटरभाग ठुला चट्टाने भिरको विचमा पर्ने हुनाले माथिबाट झर्ने ठूला ठूला चट्टान र पहिरोका कारणलेर सडकले सवारी साधनको भार थेग्नै नसक्ने गरी सडक क्षमता भन्दा बढी भारवहन यूक्त सवारीका साधन गुड्दै जादा सडकको अवस्था विग्रिदै गएको हो ।

यसलाई बैकल्पिक मार्गका रुपमा विकसित गर्न सुरुङ मार्ग समेत प्रस्तावित गरिएको सडक कार्यालयका इन्जीनियर पवित्रमणी आचार्य बताउनुहुन्छ ।

यस सडकखण्ड नेताहरुका लागि चुनावी नारा पनि वन्ने गरेको छ । चुनावताका यसलाई सुधार गर्ने भनेर जनतामा आश्वासन दिन नेताहरु पछि पर्दैनन तर वर्षाै देखि यो समस्या जस्ताको तस्तै रहिआएको छ । हुनत सरकारले यस पटकको वजेटमा यस खण्डमा सुरुङ्गमार्ग निर्माण गर्न अध्ययन गर्ने भनेर वजेट पनि विनियोजन गरेको छ तर यो वजेट अध्ययनमै सीमित हुने हो कि भन्ने चिन्ता जिल्लावासीले गरेका छन ।

हुनत बर्षात संगै माथिबाट झर्ने ढुंगालाई रोक्न गत बर्ष परिक्षणको रुपमा ५२ लाखको लागतमा गत बर्ष रकनेट प्रविधी अपनाइएको थियो । तर त्यो पनि त्यति प्रभावकारी बन्न सकेको छैन् । सडक निर्माण गर्दा भौगोलिग अवस्थाको ख्याल नगर्दा यस क्षेत्रमा बैकल्पिक मार्ग र सुरुङ मार्ग चर्चा चल्ने गर्दछ तर कार्यान्वयनको टुंगो भने अझ सम्म लागेको छैन् ।

वुटवल पाल्पा सिद्धाथ राजमागको सडक खण्डमा पर्ने सिद्धवावा वरिपरि वढिमात्रामा दुर्घटना हुनुमा मुख्य कारण माथिवाट पहिरो आउने, सडकमा वढिमात्रामा खाल्टाखुल्टी रहेको र वढि घुम्टिले गर्दा हुने गरेकोपाल्पा ट्राफिक कार्यालय प्रमुख प्रविण आचार्य वताउछन्।.उनको भनाइमा यस सडक खण्डमा माथिबाट खस्ने पहिरोमा कैयौ सवारी साधन पुरिएका पनि छन भने ढुङ्गा लागेर मृत्यु हुनेको संख्या पनि दर्जनौं पुगिसकेको छ ।

सडकको दुरावस्थाको कारण यस आर्थिक बर्षमा मात्रै साना ठूला गरी दश वटा सवारी साधन दुर्घटनामा परेका छन् भने सात जनाको मृत्यू भएको र पाचँ जना गम्भीर घाइते भएको ट्राफिक कार्यालय पाल्पाको तथ्यांक रहेको छ ।

अर्काे तर्फ सडक ऐन विपरीत दैनिक जसो सयौको संख्यामा चल्ने टिप्पर र हेभि ट्रकका कारण सडकको अवस्था विग्रदै गएको छ । पाल्पा जिल्लाबाट चुनढुङ्गा र गिट्टी ओर्सानका लागि दैनिक सयौं टिप्परहरु यस सडक खण्डमा गुडने गर्छन पनि त्यसलाई रोक्न सम्बन्धित निकायको अहिले सम्म ध्यान पुगेको देखिदैन ।

प्रतिक्रिया दिनुहोस्