अमेरिकालाई ‘जी ७’ को कडा चेतावनी

0
Shares

वासिंगटन, (एजेन्सी )
स्टिल र एलुमिनियममा कर लगाउने अमेरिकी सरकारको निर्णयका विरुद्धमा शनिबार युरोपेली संघ (ईयू) आवद्ध अर्थमन्त्रीहरु एकजुट भएर प्रतिकारमा उत्रिएका छन्।

तिनीहरुले अमेरिकाको सो निर्णयको विरोध गर्दै यदि यस सम्बन्धमा एकतर्फी निर्णय गरियो भने आफ्ना सबै आर्थिक नियम तथा नीतिहरुमा अमेरिकालाई एक्लाएर अघि बढ्ने चेतावनी पनि दिएका छन्। आगामी शुक्रबारदेखि अमेरिकाको उक्त निर्णय कार्यान्वयनमा आउन लागेकाले त्यसअघि नै जी ७ समूहका अर्थमन्त्रीहरुको यो भनाइ सार्वजनिक भएको हो।

अमेरिकी विदेशमन्त्री स्टिभन मुसिनले पनि औद्योगिक राष्ट्रहरूको समूह ‘जी ७’ का अर्थमन्त्रीहरूले आलोचना गरेका छन्। अमेरिकाको उक्त नय“ा कानुनको विषयलाई लिएर मुसिनले दिएको अभिव्यक्तिको तिनीहरुले विरोध गरेका हुन्। ती सात देशका अर्थमन्त्रीहरूको क्यानडाको विस्ट्लरमा बसेको बैठकपछि शनिबार तिनीहरुले योे धारणा अघि सारेका हुन्। उक्त बैठकमा तिनीहरुले अमेरिकास“ग व्यापार युद्ध नै हुन सक्ने चेतावनी पनि दिएका थिए। चेतावनी दिनेमा क्यानाडासमेत रहेको छ।

उता फ्रान्सका अर्थमन्त्रीले त अमेरिकास“ग आगामी केही दिनमै व्यापार युद्ध शुरू हुनसक्ने स्थिति रहेको बताएका थिए। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने विगतका कैयौं वर्षदेखि नै अन्य देशहरूले व्यापारका क्षेत्रमा अमेरिकामाथि व्यापक शोषणा गरिरहेको उल्लेख गरेका छन्।

राष्ट्रपति ट्रम्पले शनिबार आफ्नो ट्वीटरमार्फत करले अमेरिकी स्टिल उत्पादकहरूको पक्षमा काम मात्र गर्न खोजेको भनेका छन्। यस कानुनले तिनीहरुलाई संरक्षण गर्न मात्र खोजेको उनको तर्क रहेको छ। उक्त ट्वीटमा उनले भनेका छन्– ‘त्यो कानुनले ती वस्तुहरुमा अमेरिकी राष्ट्रिय सुरक्षा गर्ने र तिनीहरुको संरक्षण र सहयोग मात्र गर्नेछ, अन्यथा अमेरिका यस क्षेत्रमा विगतको जस्तै शोषित नै भइरहनेछ।’