आतंकवादको खतरा

0
Shares

लन्डन, (एजेन्सी)
बेलायत सरकारले आइतबार देशले कम्तिमा २ वर्षसम्म आतंकवादको गम्भीर खतरा झेल्नुपर्नेमा सचेत गराएको छ। बेलायतले संदिग्ध आतंकवादीमाथि निगरानी राख्न नयाँ उपायको घोषणा गर्ने तयारी गरिरहेको छ। बेलायतका गृहमनत्री साजिद जाविद इस्लामीले अति दक्षिणपन्थी आतंकवादी समूहको हमला रोक्नका लागि सुरक्षा एजेन्सीहरुलाई थप अधिकार दिन विभिन्न कदमका बारेमा घोषणा गर्ने जनाइएको छ। सोमबार यसको घोषणा हुने अनुमान गरिएको छ। गृह मन्त्रालयल आगामी दुई वर्षसम्म इस्लामी आतंकवादको खतरा उच्च रहने अनुमान गरेको जनाएको छ।