किमको सिंगापुरको महँगो होटेलमा बस्ने इच्छा

0
Shares

वासिंगटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच जुन १२ मा सिंगापुरमा ऐतिहासिक भेटवार्ता प्रस्तावित गरिएको छ। तर किम जोङले भेटवार्ता त्यहाँको एक विशेष होटलमा हुनुपर्ने माग गरेका छन्। किमले आफू बस्नका लागि सिंगापुरको एकदमै महँगो होटल व्यवस्था गर्न माग गरेका छन्। जसको एक दिनको मूल्य ६ हजार अमेरिकी डलरभन्दा बढी रहेको छ। यसैबीच उनले होटलको बिल उत्तर कोरियाले नतिर्ने पनि बताएका छन्।

अमेरिकी अखबार वासिंगटन पोस्टको एक प्रतिवेदनअनुसार अमेरिकी राष्ट्रपति भवन ≈वाइट हाउसका चिफ अफ स्टाफ जो ≈यागिन र किम जोङका चिफ अफ स्टाफ किम चाङ सन उक्त भेटवार्ताको १० दिनअघि नै तयारीका लागि सिंगापुरमा पुगेका छन्। वासिंगटन पास्टका अनुसार उत्तर कोरियाली नेता किम सिंगापुरको पाँच तारे फुलर्टन होटलमा बस्ने र किमले होटलको बिल उत्तर कोरियाले नभई अन्यले नै तिनुपर्ने माग गरेका छन्।

सिंगापुर नदीमा बनेको यो होटल शहरको अन्य होटलहरुभन्दा निकै पृथक रहेको छ। होटलको प्रेसिडेन्सियल सुटमा एलिभेटरसमेत भएको बताइन्छ। तर ‘द इन्डिपेन्डेन्ट’ ले होटलका रिसेप्सनिस्टसँग किम जोङ उन आउने बारे सोधिएको जवाफमा पाहुनाको जानकारी गोप्य राखिने बताएका छन्। यो होटल सन् १९२८ मा निर्माण गरिएको थियो।

वासिङ्टन पोस्टका अनुसार किमको भ्रमण अत्यन्तै सम्मानपूर्ण होस् बेइज्जत नहोेस् भन्ने अमेरिकाको चाहना छ। तर यसरी होटेलको बिल भुक्तानी हुँदा अमेरिकाको अर्थ विभागद्वारा लगाइएको प्रतिबन्धको उल्लंघन पनि हुनेछ। ≈वाइट हाउसले यस समस्या समाधानबारे तत्काल कुनै पनि प्रतिक्रिया दिन अस्वीकार गरेको छ।
यसैगरी अहिलेसम्म ट्रम्प र किम भेट्ने स्थान पनि तय हुन सकेको छैन। तर सम्भावित स्थानमा सांग्रिला होटल रहेको छ। त्यहँँ विभिन्न देशका प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुलाई स्वागत गर्ने गरिएको छ।