सर्वोच्चको आदेशले गुठी संस्थानमा हंगामा, अख्तियारको भुमिका फेरी शुरु

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
धर्म संस्कृती र परम्पराको संरक्षण र संवद्र्धन गर्ने, गुठिको जग्गाको संरक्षण गर्ने, सांस्कृतिक र पुरातात्विक महत्वको मठमन्दिरको अभिलेख राख्ने, विभिन्न जात्रा पर्व चलाउने, जग्गाको प्रशासन (व्यवस्थापन) गर्ने जस्ता महत्वपुर्ण काम गर्ने गुठि सस्थान भित्रको अनियमितता फेरी बाहिर आउन थालेको छ ।

गुठी संस्थानका सञ्चालक समिति सदस्य ओमप्रकाश आजादले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय विरुद्ध दिएको मुद्धामा आएको अन्तरकालिन अन्तरमि आदेशलाई सर्वोच्च अदालतले खारेज गरेसंगै आजाद संलग्न निर्णयहरु अब के हुन्छ भन्ने प्रश्न उब्जिएको छ । साथै गुठी संस्थान भित्र भएको अनियमितता छानविन गर्न अख्तियारको भुमिका पनि बढेको छ ।

राप्रपाको ३ जना कोटामध्य गुठी संस्थानमा संञ्चालक समितिको सदस्यमा मनोनित भएका ओमप्रकाश सञ्चालक समितिबाट राजिनामा नै नदिई गत प्रतिनिधिसभा निर्वाचनमा भाग लिएपछि अख्तियारमा उजुरी परेको थियो । बाके क्षेत्र नम्बर २ मा चुनाव लडेका आजदले चुनाव हारेपछि फेरी गुठी संस्थानमा आएर निर्णय प्रक्रियामा भाग लिने तथा भत्ता बुझ्ने काम गरेपछि परेको उजुरी बारे छानविन गर्न अख्तियारले भुमिसुधार मन्त्रालयलाई पत्र पठाएको थियो ।

अख्तियारले बैशाख २ गते पठाएको पत्र अनुसार भुमिसुधार मन्त्रालयले गुठी संस्थानमा यसबारे के भएको हो भनि पत्र पठाएपछि सञ्चालक समितिका सदस्य आजदाले आफ्नो लाभको पद नभएको ले अख्तियारको निर्णय कार्यान्वयन गर्न नपर्ने भन्दै सर्वोच्च अदालत गएका थिए ।

सर्वोच्चले वैशाख २८ गते अख्तियारको निर्णय हाल कार्यान्वयन नगर्नु भनि अन्तरकालिन आदेश दिएको थियो । त्यो आदेशलाई विहिवार सर्वोच्चका न्यायाधिशद्धय ओमप्रकाश अर्याल र सपना मल्ल प्रधानको सयुक्त इजलाशले खारेज गरिदिएपछि राप्रपाको कोटाबाट सञ्चालक समिति सदस्य बनेका अन्य दुई जनाको हकमा के हुन्छ भन्ने प्रश्न पनि उब्जिएको छ ।

गुठी संस्थानको सञ्चालक समितिको सदस्यमा २०७२ साल चेत्र २६ गते नियुक्र भएका तीन मध्य अन्य दुई जना सदस्य केदारनाथ कोइराला र शक्ति प्रसाद सापकोटा पनि गत निर्वाचनमा गुठी संस्थानमा राजिनामा नदिई उमेद्वार बनेका थिए । यी दुई मध्य कोइराला प्रदेश नम्बर १ को समानुपातिक तर्फ राप्रपाबाट खसआर्य समुहको तेस्रो नम्बरका उमेद्वार हुन भने सापकोटा प्रतिनिधिसभाको समानुपातिक तर्फ राप्रपाबाट खसआर्य समुहको १५ नम्बरका उमेद्वार हुन् ।

अख्तियार स्रोतले जानकारी दिए अनुसार गुठी संस्थानभित्र भएको अनियमितता बारे अब वितृत छानविन हुने छ । एउटाको हकमा सवोच्चले फैसाला गरिसकेपछि अर्को दुई सदस्यको हकमा पनि त्यहि फैसला लागुहुने भन्दै अख्तियारले भुमिका बढाउने बताइएको छ ।