किसानले लिएकाे सबै ऋण मिनाह

0
Shares

काठमाडौं । सरकारले किसानको सबै ऋण मिनाहा गर्ने घाेषणा गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमा साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा गर्ने उल्लेख छ।

त्यस्तै, सरकारले २५ हजार नागरिकलाई अनुदानमा गोबर ग्यास बनाइदिने भएको छ। संसदमा प्रस्तुत बजेटमा २५ हजार परिवारलाई गोबर ग्यास दिन ५० करोड अनुदान रकम विनियोजन गरिएको छ।