बन्द भएका कम्पनी पुनः सुचारु गर्न जरिवनामा छुट

0
Shares

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै करमा सामान्य बृद्धि गर्ने घोषणा गरेका छन् । साथै आफैले तिरेको भ्याट आफैले फिर्ता लिने व्यवस्था खारेज गर्ने घोषणा गरेका छन् ।
अर्थमन्त्री डा. खतिवडाले कर सम्बन्धमा निम्न निर्णयहरु गरेका छन् ।
-भ्याट फिर्ता लिने व्यवस्था खारेज ।
-स्वास्थ्य र शिक्षाको कर खारेज ।
-कर विवरणबापतको जरिवना छुट दिने व्यवस्था ।
-एक हजार सिसी गाडी, १५० सीसी भन्दा बढिको मोटरसाइकलमा कर बृद्धि
-चुरोटमा प्रतिखिल्ली २५ पैसा कर ।
-विदेशबाट फर्केका नेपालीले १०० ग्रामसम्म काँचो सुन भन्सार तिरेर नेपाल ल्याउने पाउने ।
-चिया कपडा र डेरी उद्योगको आयकर ५० प्रतिशत छुट
-५० करोड भन्दा बढि चुक्ता पुँजि भएका कम्पनीहरु पब्लिक कम्पनीमा रुपान्तरण हुन चाहेमा आयकरमा छुट ।
-जीवन बिमाको प्रिमियम तिर्दा आयकर छुट ।
-बिजक जारी नगर्नेलाई कडा कारवाही गर्ने ।
-कारोबारस्थलमै विशेष जरिवना ।
-बैंक तथा वित्तिय संस्थामा पेश गरेको आर्थिक विवरण कर प्रशासनसँग सूचना आदान प्रदान
-सञ्चालनमा नभएका, करमा अपडेट नभई अलपत्र परेका कम्पनीहरुले पाए विशेष छुट