एक अर्बभन्दा बढि लगानीका सेवामूलक कम्पनी अनिवार्य शेयर जारी गर्नुपर्ने

0
Shares

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै सेवामूलक कम्पनीहरुलाई एक अर्बको थ्रेस होल्ड तोकेर पब्लिक लिमिटेड कम्पनी बनाउनु पर्ने अनिवार्य गरिएको उल्लेख गरेका छन् ।

मन्त्री खतिवडाले एक अर्ब वा सो भन्दा धेरै लगानी भएका कुनै पनि सेवामूलक कम्पनी सार्वजनिक सेयर आह्वान गर्दै निजिबाट पब्लिक कम्पनीको रुपमा विकास गर्नेपर्ने व्यवस्था गरेको जनाएको छ ।

यस्तो व्यवस्थाबाट एनसेल, स्मार्ट सेल, हेलो मोबाईल, युनिभर्सल मेडिकल कलेजलगायतका ठूलो मात्रामा सेवामूलक कम्पनीहरु प्रभावित हुनेछन् ।