खेलकुदमा बजेट घट्यो

0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७५–७६ बजेटमा सरकारले खेलकुदका लागि २ अर्ब ४ करोड रकम बिनियोजन गरेको छ ।
संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले खेलकुदलाई २ अर्ब ४ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो । इन्डोनेशियामा आयोजना हुन लागेको अठारौं एसियाली खेलकुद प्रतियोगितामा नेपाली खेलाडीको तयारी, १३ औं दक्षिण एसियाली खेलकुद (साग) र मंसिरमा प्रदेश ६ मंसिरमा आयोजना हुन लागेको आठौं राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वधार निर्माण र प्रतियोगिता सम्पन्न गर्न सरकारले २ अर्ब ४ करोड बिनियोजन गरेको छ ।

७ वटा प्रदेशमा अत्याधुनिक सेवा सुविधासम्पन्न रंगशाला निर्माण गर्ने योजना बनाएको सरकारले आसन्न एशियाली खेलकुद प्रतियोगितालाई प्राथमिकतामा राखेको छ ।

खेलकुदले आगामी आर्थिक बर्षका लागि चार अर्वको बजेट माग गरेपनि सरकारले दुई अर्ब ४ करोड बजेटमात्र बिनीयोजन गरेको छ । जुन आथिर्कबर्ष २०७४÷२०७५ भन्दा १७ करोड रुपैयाँ कम हो । अघिल्लो आर्थिक बर्षमा सरकाले युवा तथा खेलकुदलाई दुई अर्व २१ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

जसमा खेलकुद तर्फ एक अर्व ६४ करोड रुपैयाँ विनियोजन भएको थियो । यो आर्थिक बर्षमा साग र आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरेको सरकारले बजेट भने निकै कम बिनियोजन गरेको छ ।