नेपाल–थाईल्यान्ड सांस्कृतिक कार्यक्रम


काठमाडौं, (नेस)
अन्तरदेशीय कला, संस्कृति आदान प्रदान तथा कलाको संरक्षण गर्ने उद्देश्यले नेपाल–थाईल्यान्ड सांस्कृतिक आदान प्रदान कार्यक्रम आयोजना गरियो।

लेखनकुञ्जको कुञ्ज थिएटरमा आयोजित सो कार्यक्रममा थाईल्यान्ड र नेपालका कलाकारहरूले प्रस्तुति दिएका थिए भने थाईल्यान्डका कलाकार समूहले बनाएको डकुमेन्ट्रीसमेत देखाइएको थियो।

डियर हिमालय फ्रम च्याङमाई तथा घोस्ट राइटिङ नेपालको सहयोगमा सञ्चालित कार्यक्रममा थाईल्यान्डका तर्फबाट ६ जनाको टोली नेपाल आएको थियो। जसमा ओङ कार्यक्रमका संयोजक थिए भने ओ फिल्म मेकर, चु चु गायक, नोई सेफ, मिलगायत कलाकार रहेका थिए। भारतका तर्फबाट तबला बाधक सुवान खान र नेपालका चर्चित शास्त्रीय संगीतज्ञ मनमोहन थपलियाले आफ्नो प्रस्तुति दिएका थिए।

कार्यक्रमको संयोजक कवि सुवास पराजुली गरेका थिए। कला, साहित्य, संस्कृति संरक्षण र अन्तरदेशीय सम्बन्ध विस्तारका लागि यो किसिमको कार्यक्रम निरन्तर गर्ने घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले बताए।

यो वर्ष नेपालमा भएको यो कार्यक्रम अर्काे वर्ष थाईल्यान्डमा हुने पनि उनले बताए। प्रत्येक वर्ष पालै पालो नेपाली र थाई कलाकारबीचको सांस्कृतिक आदान प्रदान शुरू भएको उनले बताए।

कार्यक्रममा पेन्टर, गायक, फिल्म मेकरलगायतका क्षेत्रका थाई कलाकारको उपस्थिति रहेको थियो। थाई कुकले थाई फुडसमेत चखाउँदै कार्यक्रममा थाईल्यान्ड नेपालको कला, संस्कृति एक अर्कामा चिनाउने अभियानमा नेपालले दिएको साथ नबिर्सने भएको थाई कलाकारका संयोजक ओङले बताए भने नेपाली संयोजक पराजुलीले नयाँ अभियानमा नयाँ उचाइमा पुराउन यो कार्यक्रम एक कोशे ढुंगा भएको बताए।