डा. दीक्षित सम्मानित अध्यक्षमा खरेल


काठमाडौं, (नेस)
राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले वरिष्ठ मानवअधिकारकर्मी डा. सुन्दरमणि दीक्षितलाई ‘शान्ति र मानवअधिकार राष्ट्रिय सम्मान २०७५’ बाट शनिबार सम्मान गरेको छ।

मानवअधिकार, विधिको शासन, दिगो शान्ति, नागरिक स्वतन्त्रता र समानत कायम गर्न विशेष भूमिका निर्वाह गरेकाले उहाँलाई कदरपत्रले सम्मान गरिएको हो।

उक्त कार्यक्रमका सहभागीले मानवअधिकारको संरक्षणबिना व्यक्तिको आधारभूत अधिकार सुनिश्चित हुन नसक्ने बताएका थिए।

प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले मानवअधिकारको पबद्र्धनका लागि सरोकारवालाहरू आफ्नो तर्फबाट कटिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो।

संविधानका प्रत्येक अंगमा मानवअधिकार झल्किएको भन्दै संविधान कार्यान्वयनमा राजनीतिक दलहरूले आफ्नो भूमिका बढाउनुपर्ने उहाँको भनाइ थियो।

यसैबीच प्रतिष्ठानको अध्यक्षमा भवानीप्रसाद खरेल निर्वाचित हुनुभएको छ। प्रतिष्ठानको नवांै राष्ट्रिय सम्मेलनबाट खरेलको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति गठन भएको हो। उपाध्यक्षमा राजकुमार गुरुङ, महासचिवमा हरिचन्द्र भट्टराई, उपमहासचिवमा घमान तामाङ र कोषाध्यक्षमा सोनाम छिरिङ रहनुभएको छ।