मोदी फिर्ता


काठमाडौं, (नेस)
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने भ्रमण सकी शनिबार स्वदेश फर्कनुभएको छ।
उहाँलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिदाइ गर्नुभएको थियो।

भारतीय प्रधानमन्त्री मोदी एअर इन्डियाको विमानबाट जनकपुर हँुदै शुक्रबार काठमाडौं आइपुग्नुभएको थियो। भ्रमणका क्रममा उहाँले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शनका साथै पूजाअर्चना गर्नुभएको थियो। प्रधानमन्त्रीका रूपमा मोदीको यो तेस्रो नेपाल भ्रमण थियो।