श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्धा चलाइने

0
Shares

काठमाडौँ । आफैँले गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने भएको छ ।

सोमबार काठमाडौंबाट पक्राउ परेका आचार्यलाई मोरङ प्रहरीले हातहतियार तथा खरखजानामा मुद्दा चलाउने तयारी गरेको हो । गोली काण्डमा पक्राउ परेका माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई भने ज्यान मार्ने उद्योग मुद्दामा चलाइएको छ ।  उनलाई प्रहरीले हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गर्न १० दिनको म्याद लिएको छ ।

मोरङका प्रमुख एवम् एसपी अरुण बीसीले आचार्यलाई हात हतियार तथा खरखजाना मुद्दामा अनुसन्धान सुरु गरिएको बताएका छन । हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयले १० दिनको म्याद दिएको छ ।

चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह लगाउन पुगेका श्रीनिवासमाथि गोली प्रहार भएको थियो । तर, अनुसन्धानका क्रममा आफैँले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई सोमबार पक्राउ गरिएको हो ।