प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरुसंग छलफल

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरुसंग सरकारको नीति तथा कार्यक्रमका बिषयमा आज छलफल गर्नुभएको छ ।

बिहान बालुवाटारमा आयोजित छलफलमा अव्यस्थित बसोबासलाई कसरी व्यबस्थित गर्ने भन्ने बारेमा कुराकानी भएको छ । प्रधानमन्त्री ओलीले अव्यबस्थित बसोबास विकासको बाधक भएकोले त्यसलाई व्यबस्थित गर्न बस्तीहरु हस्तान्तरण गर्नु पर्ने प्रस्ताव गर्नुभएको बताइएको छ ।

भूउपयोग सम्बन्धि नीति पनि बनाउनु पर्ने पूर्व प्रधानमन्त्रीहरुले सुझाव दिनुभएको छ ।

बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मीको सहभागिता थियो ।

यसैबीच प्रधानमन्त्री ओलीसँग आजै बेलायती संसदको तल्लो सदनको प्रतिनिधीमण्डलले पनि भेटघाट गरेको छ ।