राष्ट्रिय सभाको संसदीय दलको नेतामा दीनानाथ शर्मा

0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको संसदीय दलको नेतामा दीनानाथ शर्मालाई चयन गरेको छ।

शर्मा प्रदेश नम्बर ४ बाट राष्ट्रिय सभामा निर्वाचित भएका हुन्।

यसअघि उनी राष्ट्रिय सभाको अध्यक्षको दाबेदार थिए। तर, माओवादी केन्द्रले प्रतिनिधिसभाको सभामुख पाउँदा एमालेको भागमा राष्ट्रिय सभाको अध्यक्ष परेको थियो।

माओवादीले दलको विधान अनुमोदन गर्दै शर्मालाई चयन गर्ने निर्णय गरेको माओवादी केन्द्रको प्रतिनिधिसभाका सचेतक देव गुरुङले बताए।

प्रतिनिधिसभामा जस्तै राष्ट्रियसभामा पनि संसदीय दलको नेता रहनेछन्।