मोदीको सुरक्षाका लागि ४१ जना कमाण्डो, २ वटा बुलेट प्रुफ कार नेपाल आइपुग्यो

0
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि २ वटा बुटेल प्रुफ कारसहित ५९ जना सुरक्षाकर्मी नेपाल आई पुगेका छन् ।

सुरक्षाकर्मी र सामाग्री बोकेर भारतीय बायु सेनाको चार्टर विमान मंगलबार ११ बजे काठमाडौं अवतरण गरेको हो ।

विमानस्थल स्रोतका अनुसार विमानमा दुईवटा बुलेट प्रुफ गाडी सहित आवश्यक सुरक्षा सामग्री नेपाल भित्रिएको छ ।

भारतीय पक्षले आवश्यक सामाग्री फिर्ता भारत नै लैजाने गरी भन्सार छुटका लागि गृहमन्त्रालयबाट पत्र ल्याएपछि ती सामाग्री विमानस्थलबाट तोकिएको स्थानमा लैजाने तयारी गरिएको छ ।

काठमाडौंमा रहँदा मोदीको प्रयोगका लागि दुईवटा बुलेटप्रुफ गाडी, चालक दलका १८ सदस्य र ४१ जना कमाण्डो नेपाल आएको बताइएको छ ।