एसएसपी नै उपमेयरको बिपक्षमा उभिएपछि

0
Shares

काठमाडौ । ललितपुरको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले श्रीमानको कुटाइ सहन नसकेर प्रहरीमा उजुरी दर्ता गर्दा प्रहरीले पीडितलाई नै झन पीडित बनाउने काम गरेको छ ।
झण्डै दुई दशक देखि श्रीमानबाट पीडित हुदै आएकी उपमेयर अधिकारीले श्रीमान बिरुद्ध किटानी जाहेरी दिदा समेत महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक गणेश ऐरले बिना कारवाही छोडिदिएपछि उपमेयर अधिकारीले न्याय नपाएको गुनासो गर्नु भएको छ ।
श्रीमान श्रीमतीको जसको पनि झगडा हुन्छ, यस्तो केस दर्ता गरेर समस्यामा नफस्नुस् भन्दै अघिल्लो दिन उजुरी गरेर प्रहरीलाई जिम्मा लगाइएका श्रीमान ध्रुव कुँवरलाई रिहा गराउन समेत ललितपुर प्रहरी परिसरका एसएसपी ऐरले दवाव दिएको उपमेयर अधिकारीले खुलासा गर्नुभएको छ ।
श्रीमानको कुटाइबाट घाइते भएपछि माइतीमा बस्दै आउनु भएकी उपमेयर अधिकारीले सचेत महिला र नगरपालिकाको न्यायिक समिति संयोजक पीडित हुँदा त प्रहरी पीडकको पक्षमा लाग्छ भने सर्बसाधारणलाई प्रहरीले कसरी न्याय दिन्छ भन्दै प्रश्न गर्नुभएको छ ।
अधिकारीले प्रहरी प्रमुख ऐरले अधिकारीका पति कुँवर मानसिक विरामी भएकाले मुद्धा दर्ता गर्न सक्दिनँ भन्दै आफन्तको जिम्मा लगाउन दवाव दिएपछि आफू माइतीमा बस्न बाध्य भएको बताउनुभएको छ । उपमेयर अधिकारीले श्रीमानबाट आफू २६ वर्षदेखि पीडित भएको र यो घटना मार्ने षड्यन्त्र सहित घटाइएको बताउँदै प्रहरीको शरणमा पुगेको बताउनुभएको छ ।