काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिवादकाबीच पदाधिकारी नियुक्त गर्नुभएको छ ।
शुक्रबार बसेको निर्वाचित केन्द्रिय समितिको बैठकले उपसभापतिमा बिमलेन्द्र नीधि, महामन्त्रीमा पुर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकासशरण महतलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकमा रामचन्द्र पौडेल पक्षले भने आफ्नो माग सम्वोधन नभएको भन्दै बैठक बहिस्कार गरेको छ । बैठकमा सर्वसहमति हुन नसकेपछि बहुमतको आधारमा पदाधिकारी मनोनयन गरिएको थियो ।
प्रतिक्रिया