नेपाल समाचारपत्र, काठमाडौँ ।
सरकारले यातायात समितिका पदाधिकारीहरुको सम्पत्ति छानविन थाल्ने र समितिहरुको बैंक खाता रोक्का गर्ने निर्णय गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
साथै सार्वजनिक यातायात सञ्चालन नगर्ने यातायात महासंघ र समितिहरुको बैक खाता रोक्का गर्न अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई लेखि पठाउने तयारी भएको गृह मन्त्रालयले जनाएको छ ।
यातायात व्यवस्था विभागले देशभरका जिल्ला प्रशासन कार्यालयले समिति पदाधिकारीहरुको विवरण संकलन गरेर सम्पत्ति शुद्धीकरण विभागलाई बुझाउने पनि निर्णय गरेको छ ।











प्रतिक्रिया