सिर्जना पन्त, बागलुङ ।
२५ जना कैदी बन्दी राख्ने क्षमता रहेको ‘घ’ श्रेष्णीको जिल्ला कारागार बागलुङमा क्षमता भन्दा चारगुणा बढी कैदी बन्दीहरु भएपछि भान्छाभै सुत्ने गरेका छन् । १८ जना पुरुष र ७ जना महिला केदी बन्दीको क्षमता भएको जिल्ला कारागार बागलुङमा १० महिला र ७८ पुरुष गरि ८८ जना कैदी बन्दीहरु भएपछि सुत्ने ठाउँको अभाव हुँदा भान्छामा सुत्न बाध्य भएका हुन् ।
कारागारमा १ नावालक सहित ६० कैदी र १८ बन्दी पुरुष, ९ कैदी र १ बन्दी महिला रहेको े कारागारका निमित्त कार्यालय प्रमुख दपक शर्माले बताउँनुभयो । जिल्ला कारागारलाई अञ्चल कारागारको रुपमा विकास गरिनुपर्ने माग हुदै अएको भएपनि अञ्चलमै कुनै विकल्प नभएको हुदा कैदि बन्दीहरुलाई जसोतसो राख्नै पर्ने भएको शर्माले बताउनुभयो । उहाले क्षमताभन्दा बढी कैदि बन्दीहरु राख्नुपर्ने बागलुङ जिल्लाको मात्र समस्या नभएर देशव्यापि समयस्या भएकाले समस्या को समधानमा सरकारको ध्यायन जानुपर्ने बताउनुभएको छ ।
साँधुरो ठाउँमा क्षमता भन्दा बढी कैदी बन्दीहरु बस्नु पर्दा खाने र सुतने मात्र समस्या नभएर पछिल्लो समयमा स्वास प्रस्वास तथा छालामा समस्या दखिन थालेको जिल्ला कारागार बागलुङका हेल्थ असिस्टेन आशिष सापकोटाले बताउँनुभयो । ‘२५ जनाको क्षमता भएको हुनाले औषधी उपचार खर्च पनि २५ जनालाई आउँछ, सापकोटाले भन्नुभयो अधिकांश कैदी बन्दीहरुले बाहिरबाटै औषधी किनेर खाने गरेका छन् ।’
गर्मीमा पानी कम आउँने र वर्खामा फोहोर आउँदा कैदी बन्दीहरुलाई सधै पीउने पानीको अभाव हुने गरेको कैदि बन्दी नाईके चौकिदार सुर्य नेपालीले बताउँनुभयो । ‘जसोतसो दिन त कट्छौं, वर्खाको समयमा विस्तारा सम्मै पानी आउँछ, रातभर जागेर पानी सफा गरेर बस्छौं, नेपालीले भन्नुभयो कारागारको भौतिक संरचना निकै पुरानो र जिर्ण भएका छन बेलैमा मर्मत नगर्नेहो भने समस्या अझ बढ्दै जानेछ ।’











प्रतिक्रिया