सबै सवारी साधन घर घरमै थन्किए
यमलाल भुसाल, बुटवल ।
सरकारले सिण्डिकेको खारेजी गरेपछि मुलुक भरका यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव शुक्रवार बिहानदेखि देशैभरि देखिएको छ ।
जसका कारण सवारी नचल्दा सर्वसाधारण यात्रु समस्यामा परेका छन् ।
म्ुलुक भरका टिकट काउन्टर बन्द छन् । गन्तव्यमा प्रस्थान गर्नुअघि बस राखिने टकहरु सुनसान छन् । गाडी नपाएर यात्रुहरु अलपत्र परेका छन् । आन्दोलनकारी सडकमा पनि छैनन र उनिहरुले सवारी साधन पनि सडकमा ल्याएका छैनन ।
प्रदेश ५ को राजधानी बटवलमा पनि बन्दको प्रभाव परेको छ । सडकहरु र बसपार्कसमेत सुनसान देखिएका छन् । यातायात व्यवसायीको हड्तालको प्रभाव प्रदेश नंं ५ का १२ वटै जिल्लाहरुमा परेको प्रदेश नम्बर ५ को आन्दोलन परिचालन समितिका संयोजक डिल बहादुर ढुगांनाले बताउनु भयो ।
प्रदेश ५ को अस्थायी राजधानी बुटवलस्थित लुम्बिनी बस टर्मिनलबाट प्रदेश ५ का १२ वटै जिल्लामा सवारी साधन छुट्ने गरेकामा हड्तालका कारण यातायात व्यवसायीका संघ र समितिहरुले बस , जीप ,टक र टयाकर चलाएका छैनन् ।
सधैं व्यस्त र भरिभराउ हुने बुटवल बसपार्क सुनसान छ । टिकट काउन्टर पनि बन्द छ । बसपार्कमा यात्रुहरु अलपत्र छन् ।
बस टर्मिनलभित्र रहेका पश्चिम नेपाल बस व्यवसायी संघ, सिद्धार्थ यातायात, बुटवल यातायात, सिद्धार्थ यातायात, पश्चिमाञ्चल यातायात समिति, वाणगंगा यातायात समिति ,गुल्मी यातायात, सुपा देउराली ,पाल्पाको श्रीनगर यातायात लगायतका बस ,जीप तथा ,टक र टयाकर समितिले आफ्ना टिकट काउन्टरहरु बन्द गरेर बसपार्क खाली गराएका छन् । बुटवलको नयाँ बसपार्कमा एउटा पनि सवारी साधन छैनन् ।
२४ सय बस रहेको पश्चिम नेपाल बस व्यवसायी संघले प्रदेश ५ का सबै जिल्लामा बस सञ्चालन गरिरहेको थियो भने अन्य समितिले जिल्ला जिल्लामा चलाइरहेका थिए ।
बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि हड्तालबारे पूर्वजानकारी नपाएका यात्रुहरु बसपार्कमै अलपत्र परेका छन् ।











प्रतिक्रिया