बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

0
Shares

नेपाल समाचारपत्र, बझाङ ।
बझाङको झोताबाट सदरमुकाम चैनपुरतिर आउँदै गरेको जीप जयपृथ्वी नगरपालिकाको सुवेडाको चौठा खोलामा बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको छ । बुधबार राति ८ बजे खोलामा आएको ठूलो बाढीले से १ ज ८२० नम्बरको जिप बगाउँदा जिपमा सवार ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चैनपुरमा कस्मेटिक पसल सञ्चालन गर्ने खप्तड छान्ना गाउँपालिका २ का ३१ वर्षीय अम्मराज वन, २४ वर्षीय असु ओड र जीपचालक कञ्चनपुर दोधराका २६ वर्षीय रमेश चन्द रहेका प्रहरीले जनाएको छ ।

जीप खोलाले बगाएर झण्डै ५० मिटर तल खोँचमा पुरिएको अवस्थामा भेटिएको थियो ।