कमल ढकाल
पूरा जिन्दगीलाई हेर्ने हो भने एक दिन एक वर्ष वा एक क्षण केही होइन। क्यालेन्डरले सधैंझै त्यस दिन अर्काे एक दिन बढाउँछ। मान्छेले एक वर्षमा आफ्नो एज एक वर्ष थप्छ। त्यत्ति न हो। कहिलेकाहीं त्यही एक वर्ष, दिन वा क्षणले मान्छेको जिन्दगीमा धेरै फरक पर्छ। एउटा मान्छे भेटेर एउटा किताब पढेर कहाँको मान्छे कहाँ पुग्न सक्छ। मात्र समय लाग्छ।
महाराजगन्ज पुग्दा नै केही नौलो अनुभँति भइरहेको थियो। कुकुरका बथान गेटमै आइपुग्दा केही नयाँ ठाउँमा आएझैं लागिरहेको थियो। १३ वटा कुकुर पालैसँग झ्याम्म झुम्मिँदा डर पनि लागिरहेको थियो।
कुुकुरहरू घरी–घरी नजिकै आउँदा झयाम्म झम्टी पो हाल्लान् कि झैं लागिरहेको थियो। भेट्नुपर्ने मान्छे लक्ष्मी शर्माको बारेमा सोच्दै थिए। जसको चर्चा धेरै सुने पनि फेस टु फेस हुन पाएको थिइनँ। पढ्दै नपढेको मान्छेले युरोप अमेरिका गएर नेपाली ह्यान्डिक्राफ्ट कसरी बेच्न सकिन्? पहिलो महिला टयाम्पु ड्राइभर कसरी भइन्? नेपाली समाजमा अझै पनि महिला अगाडि बढ्दा क्वारक्वार्ती हेर्छन् मान्छेले। लगभग ५० वर्षअगाडिको समाजलाई कसरी कन्भिन्स् गरिन्? यिनै प्रश्नले मनमा काउकुति लगाउँदै थिए।
३÷४ वटा कुकुरको लस्करसहित एक महिला म बसकै सोफातिर अगाडि बढिन्। फुर्तिली उनले विदेशको पानीपधेँरोबाट सिकेको आतिथ्य प्रदान गरेपछि बुझियो उनै रहिछन् लक्ष्मी शर्मा। पाको देखिए पनि जोस नवयौवनको जत्तिकै देखिने।
जम्मा ३ दिन स्कुल टेकेकी उनको १३ वर्षमा विवाह भयो। २२ वर्षमा खटपट भयो। कान्छी छोरी डेढ वर्षकी हुँदा श्रीमान्सँग छुट्टिइन्। आजको समाजले त श्रीमान्ले छाड्यो भने केटी नै खराब भन्छन्। ५ दशकअघि के भयो होला? १२ वर्ष त घरतिरका कोही बोलेनन्। साँच्चै रगतको नाता प्यारो हुन्छ। चेलीको लागि माइत नै प्यारो हुन्छ। माइतीले हात थापिदिए लक्ष्मीलाई। ३ वटी छोरी हुर्काउँदै उनी हिम्मतका साथ अघि बढिन्।
धर्म गर्न काशी जानुपर्दैन। धन कमाउन लाहुर जानुपर्दैन। देशको विकास गर्न राजनीतिज्ञ बन्नुपर्दैन। भन्दै थिइन्– ‘पहिले एउटा धोती थियो, त्यही धोएर सुकेपछि लाउँथे। साइकल चढेर विदेशीको घरमा जान्थें, हावा हाल्ने पैसा हुँदैनथ्यो। अहिले यत्रो मानसम्मान इज्जत कसले दियो? यही देशले हैन र? मेरो देशबाहेक को छ र?’
२७ वर्षको उमेरसम्म उनी विदेशी कँटनीतिज्ञको भाँडा धोएर बच्चा हुर्काउँदैथिइन्। बच्चा अलि हुर्केपछि उनलाई केही गर्नुपर्छ भन्ने भावना उठ्यो। संघर्षले आत्मविश्वास जगाउँछ। आत्मविश्वासले दृढ निश्चय। लक्ष्मीलाई पनि यही भयो। उनी एकाएक टेम्पो किन्ने निर्णयमा पुगिन्। टेम्पो किनेर ड्राइभरलाई चलाउन दिँदा उसैले पैसा झ्वाम पारेको देखेर उनी आफैं ट्याम्पो चलाउन थालिन्। उनलाई के थाहा उनी नेपालको पहिलो महिला ट्याम्पो चालक हुँदैछिन् भनेर। बाध्यताले बनाएको ट्याम्पो ड्राइभरले त उनलाई थाहै नदिई नेपालको सामान्य ज्ञानमा नाम लेखिइसकेछ। पहिलो नेपाली ट्याम्पो चालक महिला भनेर।
सन् १९७९ मा ≈यान्डिक्राफ्ट अवलोकन गर्न लागिन्। हेर्दाहेर्दै उनलाई यस्तोे जाबो बनाइहाल्छु भन्ने लागेछ। त्यसैले त उनले लक्ष्मी उडक्राफ्ट खोलिन्। पहाडमा बगेको पानीले बग्दै जाँदा ठँला ढुंगा प्वाल पार्छ। उतिबेलादेखि अहिलेसम्म निरन्तर लागेकाले नै होला पानीले ढुंगा प्वाल पार्न सकेजस्तै उनले ठँला समस्यालाई सानो पारिन्।
आम महिलाका लागि प्रेरणादायी उनी निरन्तर दुःखका पहाड आउँदा पनि सतिशालझैं उभिएकी रहिछन्। पढ्नैपर्छ भन्ने नपढी केही गर्न सकिँदैन भन्ने महिला वा पुरुषलाई ३ दिन मात्र स्कुल टेके पनि फरर अंग्रेजी बोल्न सकिन्छ भन्ने कुराको ज्युँदो उदाहरण पनि हुन्। ट्रेनिङ गर्यो भने जे पनि गर्न सकिन्छ। उनको आत्मविश्वास यसै भन्छ। विदेशमा बटम क्विन मानिने उनले हाडका टाँक बनाएर सयौंलाई रोजगारी दिएकी छिन्। बेरोजगारलाई ट्रेनिङ दिएर रोजगार बनाउने उनले आज आफ्नो लागि हैन बेरोजगारीले थिलथिलिएको देशलाई समेत गुन लगाएकी छिन्। उनले हालसम्म ७ हजारलाई ट्रेनिङ दिएकी छिन्। भन्छिन्– ‘३५ वर्षमा ७ हजारलाई ट्रेनिङ दिएँ । ट्रेनिङमा भत्ता पनि दिन्छिन् उनी। पहिले ५ सय दिन्थिन् भने अहिले २३ सय दिने रहिछन्।
पहिले आफैंले विभिन्न ठाउँमा प्रदर्शनी गरेर पैसा खर्च गर्दा पनि अर्डर नपाउने लक्ष्मीलाई अहिले अर्डरले घरमै खोज्दै आउँछ। डेनमार्क होस् वा जापान वा जर्मन फ्रान्सेलीहरू २० हजार अर्डर माग्छन्, लक्ष्मी दिन सक्दिनन्। बन्द हड्तालले गर्दा उनलाई भसक्कै पार्यो। ३ सय ७५ थिए कर्मचारी अहिले घटेर १ सय ४१ जना छन्। अहिले पनि उनको चाइना, इन्डिया, थाइल्यान्ड इन्डोनेसियालगायत देशसँग कम्पिटिसन छ। आत्मविश्वासले लटरम्म भएकी लक्ष्मी राजनैतिक स्थिरता हुने हो भने १० हजारको जब तुरुन्त धेरैलाई दिन सक्ने बताउँछिन्। भन्छिन्– ‘मलाई सरकारले सपोर्ट गर्ने हो भने नाकको टुप्पोबाट १० हजारलाई रोजगार दिन्छु।’
ह्यन्डिक्राफ्ट इन्स्टिच्युट बनाउने सपना पालेर बनाएकोे घर अहिले उनले बेचिसकिन्। कुराकानीको क्रममा सुकसुकाएकी लक्ष्मी २ करोड कमाउने बेलामा त्यत्ति नै ऋण लागेकाले बेचेको बताइन्। विदेशमा डलर कमाउनेलाई सम्मान गरेर सरकारले ट्याक्ससमेत छुट दिन्छ। लक्ष्मी भने डलर कमाउने भन्दै अरूको आँखामा परिन्। जसको कारण उनको उद्योगमा हड्ताल भयो। आखिर उनलाई नोक्सान त भयो नै। काम गर्ने मजदँर र सरकारलाई समेत घाटा भयो।
सकारात्मक सोचले भरिपँर्ण लक्ष्मी नेपाललाई अपरच्युनिटी ल्यान्ड भन्छिन्। यहाँ जे गरे पनि हुने बताउँदै भन्छिन्– ‘गुन्द्रुक र सिन्कीको मात्र काम गरे पनि धनी भइन्छ। मुजा पर्दै गरेको गाला र फुल्दै गरेको कपालअनुसार उनी साँच्चै परिपक्व पनि बनिसकिन्। समयसँग घोटिँदा मान्छेले आफ्नो छुट्टै दर्शन बनाउँछ।
जुन उनले पनि बनाएकी रहिछन्। निक्लँदै गर्दा उनले आफँले ६१ वर्षसम्मको उमेरमा आएर बनाएको दर्शन भनिन्। जुन यस्तो थियो– ‘धर्म गर्न काशी जानुपर्दैन। धन कमाउन लाहुर जानुपर्दैन। देशको विकास गर्न राजनीतिज्ञ बन्नुपर्दैन।’ ‘भन्दै थिइन्– ‘पहिले एउटा धोती थियो, त्यही धोएर सुकेपछि लाउँथे। साइकल चढेर विदेशीको घरमा जान्थें, हावा हाल्ने पैसा हुँदैनथ्यो। अहिले यत्रो मान सम्मान इज्जत कसले दियो? यही देशले हैन र?’
प्रतिक्रिया