सैन्य विमान दुर्घटना अपडेट: ज्यान गुमाउनेकाे संख्या २५७ पुग्याे

0
Shares

काठमाडौं । अल्जेरियामा बुधबार बिहान भएकाे् एक सैन्य विमान दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या २५७ पुगेकाे छ । १०५ जनाकाे दुर्घटना स्थलमै बाँकीकाे अस्पताल लैजाने क्रममा र अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे अल्जेरियाकाे एक स्थानिय समाचार संस्था Algerie24 काे रिपोर्टमा भनिएकाे छ ।

राजधानी अल्जियर्सनजिक रहेको बुफारिक सैन्य विमानस्थलबाट उडेको केही बेरमै विमान दुर्घटनामा परेको हो। तर दुर्घटनाको कारण भने अझै अस्पष्ट छ। मृतकको आधिकारिक संख्या सार्वजनिक गरिएको छैन।

 

भिडिओ दृश्यमा विमान खसेको ठाउँमा भग्नावशेषबाट धुवाँ उडिरहेको देख्न सकिन्छ। टेलिभजन समाचार विवरणहरूका अनुसार घटनास्थलमा १४ वटा एम्बुलेन्सहरू पुगेका छन्।

 

रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा सेनाका प्रमुखले दुर्घटनाबारे छानबिन गर्न आदेश दिएका छन्। अल्जेरियामा चार वर्षअघि पनि सैन्य सदस्यहरू तथा उनीहरूका परिवार बोकेको एउटा विमान खस्दा ७७ जनाको ज्यान गएको थियो।