जेलमा आक्रमण हुँदा २० जनाको मृत्यु

0
Shares

रियो डि जानेरो । ब्राजिलको उत्तरी क्षेत्रमा रहेको एउटा जेलबाट आक्रमण हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । बेलोममा रहेको सान्ता इजाबेल कारागारमा स्थानीय समयानुसार राति १ बजे त्यस्तो घटना भएको अधिकारीहरूले बताएका छन् ।

कारागारका कैदीहरूलाई भगाउन एउटा सशस्त्र समूहले कारागारमा आक्रमण गरेको सार्वजनिक सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् । मृत्यु भएका १९ मध्ये कोही कैदी र कोही उनीहरूका समर्थक छन्, एक जना सुरक्षा गार्ड समेत मारिएका छन् ।

घटनामा अन्य ४ सुरक्षा गार्ड घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर छ ।  आक्रमणकारीहरूले कारागारको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर आक्रमण गरेका थिए । सिन्ह्वा