ट्रम्पका सुरक्षा सल्लाहकारले राजीनामा दिए

0
Shares

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आन्तरिक सुरक्षा सल्लाहकारले राजीनामा दिएका छन् । ट्रम्पका सुरक्षा सल्लाहाकार टम बोसटले मगंलबार राजीनामा दिएको घोषणा गरेका हुन् ।

वरिष्ठ आन्तरिक सुरक्षा सल्लाहकार बोसट राष्ट्रपतिका ट्रम्पका प्रिय पात्रको रूपमा चिनिँदै आएका थिए । जोन बोल्टनले राष्ट्रपतिको चौंथो राष्ट्रिय सुरक्षा सल्लाहकार जिम्मेवारी सम्हालेपछि बोसटले राजीनामा दिएका हुन् ।