प्यूठानको बड्डडाडामा जीप दुर्घटना: ६ गम्भिर घाईते

0
Shares

प्यूठान, २७ चैत । प्यूठानको बड्डडाडामा जीप दुर्घटना भएको छ । हालै खनिएको नयाँ ट्र्याकमा जीप पल्टिएको त्यहाँबाट पत्रकार सलिम अन्सारीले जानकारी दिए ।

लु १ च ४३०६ नम्बरको जीप दुर्घटनामा परेको हो । सरुमारानिको केन्द्र बड्डडाडा बजारदेखि पनाह गाउँतर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो । दुर्घटनामा ६ जना गम्भिर घाईते भएका छन् । उनीहरुलाई उपचारका लागि भैरहवा लगिदै छ ।

दुर्घटनामा परेकाहरुको स्थानीयहरुले उद्धार गरिरहेका छन् । बड्डडाडा–पनाह कच्ची सडकमा दुर्घटना भएको हो । अप्ठ्यारो सडकमा अधिकांश यात्रु ओरालिएकाले शकुसल रहन सफल भएको बताइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।