स्कुल बस दुर्घटना: २७ जनाको मृत्यु, २६ घाइते

0
Shares

हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा २७ जनाको ज्यान गएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

हिमाञ्चल प्रदेशको काँगडा जिल्लाको नुररपुरमा वंजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कूलको बस दुर्घटना परी धेरै बालबालिकाको ज्यान गएको र अन्य दर्जनौं घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेमा २३ बालबालिका, दुई शिक्षक, चालक र एक महिला रहेका पुष्टि भएको छ ।