नेपाल समाचारपत्र, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मगुरु आचार्य श्रीनिवास माथि हत्या गर्ने उदेश्यले गरिएको गोली प्रहारको भर्सना गर्दै धार्मिक गुरुहरु एवं धार्मिक व्यक्तित्वहरुको सुरक्षाको आवश्यक प्रवन्ध मिलाउन सरकारसँग माग गरेको छ ।
आइतवार राप्रपाका प्रवक्ता भुवन पाठकले एक विज्ञप्ती जरी गरि यो घटना विगत केही समयदेखि हिन्दुत्वलाई कमजोर बनाउने, हिन्दुत्वप्रति समर्पित अभियन्ताहरु, धर्मगुरु र धार्मिक संघसंस्थालाई भयभित तुल्याउने प्रयासको योजनाबद्ध श्रृखलाको एक कडिको रुपमा राप्रपाले लिएको बताउनु भएको छ ।
‘यो घटनाको तत्काल छानविन गरी अपराधीलाई कानुन बमोजिम कडा सजाय दिन र यस प्रकारको घटना दोहोरिन नदिन धार्मिक गुरुहरु एवं धार्मिक व्यक्तित्वहरुको सुरक्षाको आवश्यक प्रवन्ध मिलाउन सरकारसँग राप्रपा माग गर्दछ’– विज्ञप्तीमा भनिएको छ ।











प्रतिक्रिया