ट्रम्प टावरमा आगलागी: १ जनाको ज्यान गयो, ६ जना गम्भिर

0
Shares

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नीजी भवन ‘ट्रम्प टावर’ मा शनिबार आगलागी हुँदा एकको मृत्यु भएको छ भने ६ अग्नी नियन्त्रक घाइते भएका छन् ।

त्यसै भवनको ५० औं तल्लामा बस्ने ६७ वर्षीय टोड ब्रासनरको मृत्यु भएको त्यहाँका प्रहरीले जनाएका छन् ।

न्यूयोर्क प्रहरी विभागका अनुसार न्यूयोर्कको फिफ्त एभिन्यूमा रहेको उक्त भवनको ५० औं तल्लाबाट सुरु भएको आगलागी बेलुका ९ बजे नियन्त्रणमा लिइएको थियो । आगलागी ७ बजेबाट सुरु भएको विभिन्न सामाजिक संजालमा उल्लेख गरिएको छ । घाइते भएका ६ जना अग्नी नियन्त्रकको अवस्था सामान्य रहेको बताइएको छ ।

आगलागीमा संलग्न अग्नी नियन्त्रकहरुलाई राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटरमार्फत धन्यवाद समेत दिएका छन् ।