काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली ३ दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै छन् । उनी भ्रमणको कार्यतालिका अनुसार प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्कन लागेका हुन् ।
ओली साँझ ७ बजे स्वदेश फर्कने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
स्वदेश फर्कनुअघि ओली उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । त्यहाँ ओलीलाई मानार्थ विद्याबारिधिबाट विभूषित गर्ने गरीने छ।
ओली गत शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तोमा ५४ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै भारत गएका थिए ।











प्रतिक्रिया