काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गरेका छन् । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै भेटवार्ता सुरू भएको हो ।
यो भेटवार्तापछि दुबै देशका प्रतिनिधिमण्डलबीच वार्ता हुनेछ । सो वार्तामा भ्रमणका क्रममा हुने सम्झौता र समझदारीको टुंगो लाग्नेछ । दुबै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत सम्झौतार समझदारीको सार्वजनिक गर्नेछन् ।
यसअघि कार्यक्रममा समावेश नभएपनि प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार साँझ भेट भएको थियो ।











प्रतिक्रिया