काठमाडौं । भारतीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार साँझ नै भेटवार्ता हुने भएको छ ।
भारतीय समकक्षी मोदी र प्रधानमन्त्री ओलीबीच शनिबार मात्रै भेट हुने कार्यतालिका रहेतापनि समयका कारण शुक्रबारै ‘वान टू वान’ वार्ता हुने बताइएको छ ।
भ्रमणको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सााझ पौने ७ बजे मोदीसँग भेटवार्ता गर्न लाग्नु भएको हो । यद्यपि प्रतिनिधिमण्डलको भेटवार्ताको कार्यक्रम भने शनिबार रहेको छ । शनिबार द्विपक्षीय भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।











प्रतिक्रिया